फुचका खाँदा करिब सयजना बिरामी

0-1-Puchka-1

हुगली: पश्चिम बङ्गालको हुगली जिल्लामा फुचका खाँदा सयभन्दा बढी बिरामी परेका छन्। उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ। यो घटना हुगलीको पोलवा-सुगन्धा ग्राम पंचायत क्षेत्रको डोगाचिया गाउँको हो। घटनास्थलमा स्वास्थ्य विभागको विशेष टोली पुगेको छ। हुगलीमा फुचका खाँदा पखाला लाग्ने र पेट दुख्ने समस्या आएपछि सयभन्दा बढी बिरामी परेका छन्। उनीहरुलाई विभिन्न अस्पतालमा भर्ना गरिएको छ। बिरामीले गाउँकै हेमन्त नाम गरेका फुचकावालको पसलबाट फुचका खाएको गाउँका बासिन्दा सञ्जय बारीले बताए। त्यसपछि एकपछि अर्को सय जनाभन्दा बढीले पेट दुख्ने र वान्ता हुने गरेको गुनासो गर्न थाले। एकपछि अर्को गर्दै उनीहरुको स्वास्थ्य बिग्रिएपछि गाउँलेहरुलाई पहिले पोलवाको ग्रामीण अस्पतालमा भर्ना गरिएको छ। बिरामीको संख्या बढी भएकाले धेरैलाई चुचुराको इमामबारा सदर अस्पतालमा र बाँकी बिरामीलाई चन्दननगरस्थित विभागीय अस्पतालमा भर्ना गरिएको छ। जिल्ला स्वास्थ्य विभागका तर्फबाट स्वास्थ्य अधिकृत अभयकुमार दास र स्थानीय दोस्रो एएनएम सुत्पा माइतीका अनुसार स्वास्थ्य विभागको विशेष टोली गाउँमा पुगेर पीडित परिवारलाई उपरोक्त स्वास्थ्य सल्लाह, अत्यावश्यक औषधि, ओआरएस वितरण गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement