तीनधारे: दार्जिलिङ जिल्ला अन्तर्गत फाँसीदेवाको रंगपानीमा मालगाड़ीसित ठोक्किएर कञ्चनजंगा एक्सप्रेस रेल दुर्घटनामा परी ज्यान गुमाउने र गम्भीर घाईतेहरूप्रति दार्जिलिङ हिमालयन रेलवे कर्मचारीहरूद्वारा शोक प्रकट गरिएको छ। गत १७ जून २०२४ सोमबारको बिहान लगभग ८:३० बजे एनजेपी रेल स्टेशनदेखि १० किमी टाड़ा रंगपानीमा कन्चनजंगा एक्स्प्रेस (एक्सप्रेस यात्रीब़वाहक रेललाई अर्कोतिरबाट द्रुतगतिमा आएको मालगाड़ीले ठक्कर दिन्दा भयावह (भयानक) दुर्घटना भएको थियो। उक्त दुर्घटनामा ज्यान गुमाएकाहरूलाई दार्जिलिङ हिमालयन रेलवे कर्मचारीहरूद्वारा श्रध्दाञ्जली अर्पण गर्दै शोक प्रकट गरेका छन्। त्यसरी नै दुर्घटनामा गम्भीर घाइते बनेकाहरूलाई चाढ़ै स्वास्थ्यमा सुधार होस् भनी प्रार्थना गरिएको जानकारी प्राप्त भएको छ।

यस दुर्घटनामा ज्यान गुमाउनेहरूका चिर आत्माले शान्ति पाऊन् साथै दुर्घटनामा घाइते भएकाहरूको उत्तर बंगाल मेडिकल कलेजमा चिकित्सा भईरहेको र उनीहरूको चाढ़ै स्वास्थ्यमा सुधार आयोस् प्रार्थना गरिएको जानकारी प्राप्त भएको छ। भविष्यमा यस्तो दु:खद घटना नहोस् साथै रेल यात्रा सुरक्षित रहोस् भनी सम्पूर्ण डीएचआर कर्मचारीहरूले प्रार्थना गरेको जानकारी दार्जिलिङ हिमालयन रेलवे कर्मचारी नरेन बम्जनले दिएका छन्।