तीनधारेमा ड्र्ग्स सेवन र उन्मुलन विषयक जनचेतना कार्यक्रम सम्पन्न

IMG-20240619-WA0257.jpg

खरसाङ: तीनधारेमा ड्र्ग्स सेवन र उन्मुलन विषयक जनचेतना कार्यक्रम भारतीय गोर्खा परिसंघ तीनधारे शाखाको आयोजनामा सम्पन्न भएको छ। उक्त कार्यक्रम तीनधारेको महात्मा गाँधी हलमा भारतीय गोर्खा परिसंघ तीनधारे शाखाको अध्यक्षा शान्ति योञ्जनको अध्यक्षतामा सम्पन्न भएको छ। सचिव दिपक प्रधानले सञ्चालन गरेको उक्त जनचेतना कार्यक्रममा स्वागत सम्भाषण सह सचिव सुरेशचन्द्र दर्नालले राखेका थिए। यस ड्रग्स सेवन उन्मूलन विषयक जनचेतना कार्यक्रममा प्रमुख वार्ताकारको रूपमा डा. पुनम सुब्बा, अवकाशप्राप्त कर्नल सञ्जय प्रधान अनि कञ्चनजंघा उध्दार केन्द्रकी सचिवा एंव बंग रत्ना रंगु सौरियाको विशेष उपस्थिति रहेको थियो। कार्यक्रमको शुरुमा भारतीय गोर्खा परिसंघको उदबोधन गीत सिलगढी शाखा र तीनधारे शाखाको पदाधिकारीहरू र सदस्य सदस्याहरूले प्रस्तुत गरेका थिए। कार्यक्रममा तीनधारेका विभिन्न संघ संस्थाहरू र समाजका प्रतिनिधिहरू लगायत तीनधारेको तीनवटा विद्यालयहरू क्रमैले तीनधारे उच्चत्तर माध्यमिक विद्यालय, तीनधारे कन्या उच्चत्तर माध्यमिक विद्यालय र मिठाईडाँड़ा रेणुका कन्या उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरू साथै शिक्षक शिक्षिकाहरू पनि उपस्थित रहेका थिए। कार्यक्रममा निता सेञ्चुरीद्वारा लिखित एंव निर्देशित जनचेतनामूलक नाटक ‘नाटक एक अभिशाप’ मञ्चन गरिएको छ। कार्यक्रममा अवकाशप्राप्त कर्नल सञ्जय प्रधानले भारतीय गोर्खा परिसंघ विषयमा जानकारी गराएका छन्। कार्यक्रममा डा. पुनम सुब्बा र रंगु सौरियाले ड्रग्स सेवन र उन्मूलन विषयक जनचेतनामूलक वक्तव्य राखेका थिए। त्यसरी नै तीनधारे क्षेत्रको तर्फबाट श्रीगणेश सहकारी समितिको अध्यक्ष बिनयकुमार छेत्रीले वक्तव्य राखेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्य अजय विश्वकर्मले राखेका थिए भने कार्यक्रमको अध्यक्षा शान्ति योञ्जनले ड्रग्स सेवन उन्मूलन विषयक जनचेतना कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिएका छन्।

यस कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा परिसंघ तीनधारे शाखाको सचिव दिपक प्रधानले तीनधारेमा लामो समयदेखि ड्रग्स सेवन विषयमा जनचेतना कार्यक्रम भएको थिएन क तीनधारे क्षेत्रमा ड्रग्स सेवनको मात्रा बढ्दै गएको कारणले भारतीय गोर्खा परिसंघ तीनधारे शाखाको आयोजनामा ड्र्ग्स सेवन र उन्मूलन विषयक जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको जानकारी गराएका छन्। उनले तीनधारे क्षेत्रमा ड्रग्स सेवन बढेर गएको कारणले यस विषयमा जनचेतना कार्यक्रम आयोजना गर्नु आवश्यक थियो र आजको कार्यक्रम सफल भएको साथै कार्यक्रममा सहयोग गर्ने साथै उपस्थिति दिने तीनधारे क्षेत्रका विभिन्न संघ संस्थाहरू र विभिन्न विद्यालयहरूका विद्यार्थीहरूलाई र शिक्षक शिक्षिकाहरूलाई धन्यवाद दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement