इन्द्रेणी फल्ससम्म पुग्ने बाटो बन्द
सोनादा: लगातार परिरहेको पानीको कारणले सोनादा क्षेत्रको मुख्य पर्यटकीय स्थल बनेको इन्द्रेणी फल्स जाने पुल पानीले भत्काएर बगाएर लगेको छ। वर्तमान समयमा पर्यटकहरूका लागि मुख्य अाकर्षणको केन्द्र बनेको छ। तर अब पर्यटकहरू इन्द्रेणी फल्ससम्म पुग्न नसकिने भएको छ। इन्द्रेणी फल्ससम्म पुगेको बाटोमा पर्ने खोलामा पानीको स्तर बढेर पुल नै भत्काएर बगाएर लगेपछि इन्द्रेणी फल्स पुग्न नसकिने भएको छ। सोनादादेखि केही मुनि रहेको इन्द्रेणी फल्स अहिले पर्यटकहरूको लागि मुख्य आकर्षणको केन्द्र बनेको छ। गरमको समयमा पर्यटकहरू शीतलता अनुभव गर्न र रमाउन यहाँ आउने गर्छन् अनि यसपाली इन्द्रेणी फल्स जाने खोलाको पुल बगाएर पर्यटकहरूका लागि इन्द्रेणी फल्स जानु बन्द भएको छ। इन्द्रेणी फल्स जानेको खोलामा वर्षेनी इन्द्रेणी फल्स संरक्षण समितिद्वारा काठको पुल बनाउने गर्छन् तर खेलाले बनाईदिन्छ। यसपाली पनि काठको पुल खोलाले बगाएको छ। इन्द्रेणी फल्स संरक्षण समितिले यहाँ स्थायी रूपमा पक्की पुल बनाईदिने तथा इन्द्रेणी फल्सको संरक्षण गरिनु पर्ने स्थानीय सरकार र पर्यटन विभाग समक्ष मांग राखेका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै इन्द्रेणी फल्स संरक्षण समितिको उमेश मुखियाले धेरै दिनदेखि परेको अविरल वर्षाको कारणले इन्द्रेणी फल्स जाने खोलाको पुल खोलाले भत्काएर बगाएर लगेको र अब पर्यटकहरू इन्द्रेणी फल्ससम्म पुग्न नसक्ने बताएका छन्। यहाँ पर्यटकहरू धेरै मात्रामा आईरहेका थिए तर खोलामा पुल भत्किएपछि पर्यटकहरूलाई धेरै असुविधा हुन्छ अनि अब पर्यटकहरू जान नसक्ने जानकारी गराएका छन्।

उनले बताए अनुसार इन्द्रेणी फल्स संरक्षण समितिले खोलामा काठको पुल बनाए पनि त्यो अस्थायी भएको कारणले खोलाले बगाएको छ। तर स्थानीय सरकार र पर्यटन विभागले इन्द्रेणी फल्स परिसरको निरीक्षण गरेर यहाँ पक्की पुल निर्माण गरिदिएर पर्यटकहरू आउन सक्ने स्थायी व्यवस्था गर्न निवेदन गरेका छन्। उनले समितिले सदैव पुल बनाउन सक्दैन भन्दै स्थानीय सरकार र पर्यटन विभागलाई इन्द्रेणी फल्सको संरक्षण हेतु यहाँ रहेको खोलामा स्थायी पुल निर्माण गरिदिने अनुरोध पनि गरेका छन्।