अवैध निर्माण विरूद्ध कार्वाही गर्दै मिरिक नगरपालिकाद्वारा भत्काउने कार्य शुरु

IMG-20240619-WA0250.jpg

मिरिक: अवैध निर्माण विरूध्द कार्वाही गर्दै मिरिक नगरपालिकाकले भत्काउन शुरु गरेको छ अवैध निर्माणहरू। मिरिक नगरपालिका अध्यक्ष एलबी राईकाे उपस्थितिमा बुधबार जेसीबीकाे साथमा मिरिक नगरपालिका क्षेत्रका सरकारी जमीन मिचेर अवैध निर्माण गरिएकाे घरहरू भत्काउने कार्य गरिएको छ। बुधबार पहिलाे चरणमा मिरिक नगरपालिका क्षेत्रकाे अवैध निर्माणहरूलाई भत्काउने कार्य भयाे भने धारवाहिक रूपमा याे कार्य चल्ने मिरिक नगरपालिका अध्यक्ष एलबी राईले बताएका छन्। उनले मिरिक नगरपालिकाले अवैध निर्माण हटाउनकाे लागि सात दिन अघि अवैध निर्माण हटाउने सूचना जारी गरेपछि सूचना पाएर पनि अवैध निर्माण नहटाइएका ठाँउहरूमा बुलडाेजर चलाइएकाे बताएका छन्। उनले सरकारी जमीन मिच्नेहरू विरूद्ध मिरिक नगरपालिकाले कानुनी रूपमा कार्यवाही गरिने पनि बताएका छन्। एलबी राईले भने, ‘कानुन अनुसार सबैलाई समान रूपमा कार्याही गरिनेछ। धनी – गरीब, ठूलाे- सानाे, आफन्त हेरिने छैन। जसरले सरकारी जमीन मिचेकाे छ उनीहरू बिरूद्ध कार्यवनही गरिनेछ।’
उनले चरणबद्ध रूपमा अवैध निर्माण विरूद्ध कार्वाही गरिनेछ। कसले कति सरकारी जमीन मिचेर अवैध निर्माण गरेकाे छ।जीटीए अनि भूमि अनि भूमि सुधार विभागसित सभा बसेर सूचि तयार पारिनेछ। सूचि तयार भएपछि नगरपालिकाले सात दिनकाे समय दिएर सूचना अमान्य गर्नेहरू विरूद्ध कार्वाही गरिनेछ। उनले मिरिकमा अवैध निर्माण हटाउन अनि मिरिकलाई सुन्दर र व्यवस्थित बनाउन मिरिक नगरपालिकाले उक्त पहल शुरू गरेकाे जानकारी गराउँदै अब उसाे मिरिक माेटर स्टयाण्डदेखि फूलबारी मैदान वाहन लान पनि बुधबारदेखि निषेध गरेकाे बताए। उनले मिरिकलाई सफा राख्न नगरपालिकाले ठाेष कार्य गर्नेछ भन्दै विशेष गरी फल वा सब्जीवालाहरूलाई जतासुकै फाेहाेर नफाली दिने अनुराेध गरेका छन्। उनले मिरिक पर्यटन केन्द्रमा अवैध रूपमा खुट्टी गाडेर पसल लगाउन नपाउने तर टेबल अथवा छाता लगाएर सफाईलाई ध्यानमा राखेर पसल लगाए कुनै आपत्तिजनक नहुने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement