सामसंगका उत्तराधिकारीलाई माफी प्रदान

0-1-IMG_20220812_152039

दक्षिण कोरियाले घूस काण्डमा दोषी ठहर गरिएका सामसंगका उत्तराधिकारी ५४ वर्षीय ली जेई योङलाई शुक्रबार माफी प्रदान गरेको छ। ठूलो आर्थिक-राजनीकि घटनाक्रममा उनलाई विशेष राष्ट्रपति क्षमादान प्रदान गरियो। दिग्गज टेक कम्पनीका उपाध्यक्ष योङ गत साल पेरोलपछि अब क्षमादान प्राप्त गर्ने नवीनतम शीर्ष कार्यकारी हुन्। योङलाई सन् २०१७ मा घूसकाण्ड र गबनको दोषी ठहर गरिएको थियो। दक्षिण कोरियाको सबैभन्दा शक्तिशाली सेतो कलर अपराधीहरूमध्ये एक सामसंगका यस उत्तराधिकारीलाई एक पूर्व राष्ट्रपतिलाई घूस दिएको आरोपमा दुई पल्ट जेलको सजाय भएको थियो।

दक्षिण कोरियाई सरकारले भनेको छ, ‘देशको सबैभन्दा ठूलो कम्पनीका नेतालाई महामारीपछि आर्थिक सुधारको अगुवाई गर्ने आवश्यकता छl’ उल्लेख्य, भ्रष्टाचारको आरोपमा कैद सामसंगका अधिकारी ली जेई योङ गत वर्ष अगस्तको दोस्रो हप्ता पेरोलमा मुक्त भएका थिए। उनलाई यो राहत सजाय पाएको एक सालभित्र प्राप्त भएको थियो। यस घूसकाण्डमा दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क ग्यून-हेलाई सन् २०१७ मा आफ्नो पदबाट पछि हट्नु परेको थियो। सामसंग अधिकारीलाई दिइएको राहतलाई विरोधीले कथित रूपमा कोरियामा सामसंगको बढ्दो प्रभाव र कोरपोरेट जगतमा भ्रष्टाचार गर्ने मालिकहरूप्रति नरम रवैयाको रूपम हेरिरहेका छन्।

दक्षिण कोरियाका न्याय मन्त्री हान डोङ हूनले भने, ‘अरबपति योङलाई माफी दिने फसेला देशलाई आर्थिक संकटदेखि बाहिर निकाल्नमा मद्दतको निम्ति लिइयोl’ फोर्ब्सको एक रिपोर्टअनुसार योङ विश्वका २७८औं सबैभन्दा धनी व्यक्ति हुन्। उनको कूल सम्पत्ति ७.९ बिलिय डलर छ। समूहको कूल कारोबार दक्षिण कोरियाको सकल घरेलू उत्पादको लगभग पाँचौं हिस्सा बराबर छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement