भाजपा कार्यकर्ताको मृत्युलाई लिएर उच्च अदालतले दियो सीबीआई अनुसन्धानको आदेश

Kolkata-High-Court-2

कोलकाता: पश्चिम बंगालमा लोकसभा चुनावको नतिजाको दिन डेब्रामा एक भाजपा कार्यकर्ताको पुलिस हिरासतमा मृत्युलाई लिएर अहिले यस विषयमा सीबीआई अनुसन्धानको आदेश दिइएको छ। चुनावको नतिजा घोषणाको दिन, डेब्रामा भाजपा-टीएमसी समर्थकहरू बीच झडप पछि एक भाजपा कार्यकर्तालाई पुलिसले पक्राउ गरेको थियो। पछि पुलिस हिरासतमा ती व्यक्तिको शंकास्पद अवस्थामा मृत्यु भएको थियो। यस विषयमा आज कलकत्ता उच्च अदालतमा सुनुवाइ भएको छ। न्यायमूर्ति अमृता सिंहको इजलासले यस मुद्दाको सुनुवाइ गरेको थियो। यस घटनाको सीबीआई अनुसन्धानको माग सुनेपछि मुद्दा दर्ता गर्न अनुमति दिइएको थियो।

डेब्राका भाजपा कार्यकर्ताको नाम सञ्जय बेरा (४२) बताइएको छ। विपक्षी दलका नेता तथा भाजपाका विधायक शुभेन्दु अधिकारीले पुलिस हिरासतमा उनको मृत्यु भएकोमा चिन्ता व्यक्त गरेका छन्। उनले सार्वजनिक रूपमा यस सम्बन्धमा सीबीआई जाँच वा न्यायिक अनुसन्धानको माग पनि गरेका थिए। मंगलबार शुभेन्दु एक्स (पूर्व ट्विटर ह्यान्डल) मा पोस्ट गरेको २४ घण्टा भित्र मृतक सञ्जयको परिवारले बुधबार कलकत्ता उच्च अदालतमा पुग्यो। सञ्जयका परिवारले अदालतलाई भने, ‘जब ४ तारिख डेब्रामा भएको झडपपछि सञ्जयलाई पक्राउ गरिएको थियो, उनको शरीरमा कुनै चोटको निशान थिएन, तर भोलिपल्ट सञ्जयलाई अदालतमा हाजिर गर्दा उनको टाउकोमा ब्यान्डेज देखिएको थियो। यो मामिला कोलकता उच्च अदालतमा पुगेपछि जस्टिस सिंहको बेन्चले मृतक भाजपा कार्यकर्ता सञ्जयको परिवारलाई मुद्दा दर्ता गर्न अनुमति दियो।‘ यस सम्बन्धमा शुभेन्दु अधिकारीले लेखेका छन्, ‘पुरुषोत्तम नगर, डेब्रा पश्चिम मिदनापुर निवासी भाजपा कार्यकर्ता सञ्जय बेराको पुलिस हिरासतमा मृत्यु भयो। उनलाई पुलिसले ४ जुलाईमा  पक्राउ गरेको थियो। पछि उनलाई मेदिनीपुर मेडिकल कलेजमा भर्ना गर्नुपर्‍यो। त्यसपछि उनलाई मेदिनीपुरको प्रेसिडेन्सी जेलमा ल्याइएको थियो। तर यसपछि उनी ११ जूनमा पुन: पीजी अस्पतालमा भर्ना हुनुपरेको थियो। उनको सात दिनपछि मंगलबार निधन भएको हो।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement