खोरीबारी: आज बतासी शारदा शिशुतीर्थ स्कुलमा रक्षा बन्धन पर्वको उपलक्ष्यमा रक्तदान शिविरको आयोजना गरियो। खोरीबारी ब्लकको बतासी शारदा शिशुतीर्थ विद्यालयमा आज सिलगढी तराई लायन्स ब्लड ङ्कको सहयोगमा उक्त रक्तदान शिविरको आयोजना गरिएको हो। उक्त शिविरमा स्कुलका शिक्षक, अभिभावक तथा स्थानीय मानिसहरूले रक्तदान गरे । स्कुलका शिक्षक बिमल कुमार सिन्हाले बताएअनुसार मुख्यतः रगतको कमी दूर गर्ने उद्देश्य लिएर आज रक्षा बन्धनको अवसरमा उक्त रक्तदान शिविरको आयोजना गरेको हो।