नालीमा लडेर महिला चिया श्रमिकको मृत्यु

IMG-20240619-WA0175.jpg

जलपाइगढी: चिया बगानको नालीमा लडेर एक महिला चिया श्रमिकको मृत्यु भएको छ। मृत महिला श्रमिकको नाम सुशान्ति इंदुआर (४०) बताइएको छ। उनी मेटेली ब्लकको डांगी डिभिजनको चिया बगानको कोठी लाइन निवासी थिइन्।

स्थानीय सूत्रहरू अनुसार, महिला श्रमिक बुधवार चिया बगानमा काम गर्न पुगेकी थिइन्। त्यस समय निकै जोडले पानी परिरहेको थियो। उनी अचानक नालीमा लड्न पुगिन्। वर्षाका कारण नालीमा पानी पनि ठूलै बगिरहेको थियो र महिलालाई केही परसम्म बगाएर लग्यो।

अन्य श्रमिकहरूले महिलालाई निकालेर चिया बगानको एम्बुलेन्समा चालसा मंगलबाडी ग्रामीण अस्पताल पुऱ्याए। जहॉं चिकित्सकहरूले महिलालाई मृत घोषित गरे। घटनाको खबर पाएर आइविल चिया बगानका जोनल कल्याण अधिकारी राजेन बडाइक र अन्य मानिसहरू अस्पताल पुगे। मेटेली पुलिसले शव पोस्टमार्टमको निम्ति जलपाइगढी सदर अस्पताल पठाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement