बिरामीलाई पत्रकारको सहयोग, एसएसकेएम अस्पतालमा उपचारको व्यवस्था

IMG-20240619-WA0195

सिलगढी: सिलगढी शहर संलग्न डबग्राम २ नम्बर फकदईबारीका आर्थिक रुपले कमजोर परिवारका सदस्य सुरजित माल्या फोक्सोको रोगका कारण विगत दुई वर्षदेखि ओछ्यानमा परेका छन्। आज समाचार प्राप्त हुने बित्तिकै केही पत्रकारहरू उनलाई भेट्न गए अनि सांसद तथा टीएमसी महासचिव अभिषेक ब्यानर्जीको कार्यालयमा सम्पर्क गरे। यसपछि सुरजितलाई राम्रो उपचारका लागि कोलकाताको एसएसकेएम अस्पतालमा पठाउने व्यवस्था गरिएको छ। पत्रकारको यो कदमबाट परिवारका सबै सदस्यहरु खुशी भएका छन्, र पत्रकारहरुलाई धन्यवाद दिएका छन्। सुरजित विगत दुई वर्षदेखि ओछ्यानमा परेकाले अहिले उनको उपचार राम्रो हुने र छिट्टै निको हुने आशा गरिएको उनको भनाइ छ।  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement