रियाद: साउदी अरबमा अत्यधिक गर्मीका तापक्रम ५२ डिग्री सेल्सियस नजिक पुगेको छ। चर्को गर्मीका कारण हजयात्रीलाई सबैभन्दा बढी समस्या परेको छ। गर्मीका कारण हालसम्म ५५० हाजीको मृत्यु भइसकेको छ। कम्तिमा मृतकहरूमा ३२३ इजिप्टियनहरू थिए, जसमध्ये धेरैजसोको गर्मी सम्बन्धी जटिलताका कारण मृत्यु भएको समाचार छ। इजिप्टका ३२३ हज तीर्थयात्री मध्ये एक बाहेक सबैको गर्मीका कारण मृत्यु भएको एक कूटनीतिज्ञले बताए। कूटनीतिज्ञहरूका अनुसार कम्तीमा ६० जोर्डनका नागरिकको पनि मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूसमाचारअनुसार पछिल्लो तथ्यांकसँगै धेरै देशहरूले हालसम्म रिपोर्ट गरेको मृत्युको कुल संख्या ५७७ पुगेको छ। कूटनीतिज्ञले भने कि मक्काको सबैभन्दा ठूलो शवगृह मध्ये एक अल-मुइसममा कूल ५५० शव थियो। गत महिना साउदीले एउटा रिपोर्ट सार्वजनिक गरेको थियो जसमा जलवायु परिवर्तनका कारण हज यात्रा प्रभावित हुने बताइएको थियो। प्रतिवेदनले हज गर्ने ठाउँको तापक्रम हरेक दशकमा ०.४ डिग्री सेल्सियस (०.७२ डिग्री फरेनहाइट) ले बढिरहेको जनाएको छ। साउदी अरबको मौसम विभागका अनुसार यस वर्ष मक्काको ग्रान्ड मस्जिदको तापक्रम ५१.८ डिग्री सेल्सियस पुगेको छ।