सिलगढीमा २० वर्षीय युवकको शव भेटे सनसनी, सडक अवरुद्ध गरेर प्रदर्शन

IMG-20240619-WA0179

सिलगढी: सिलगढीको साहुडांगी नजिकैको बनियापाडा क्षेत्रमा सडक किनारमा एक युवकको शव फेला परेको छ। यसले सम्पूर्ण क्षेत्रमा सनसनी फैलाएको छ। परिवारका सदस्यले हत्या भएको आशंका गरेका छन्l बुधबार बिहान फूलबारी–गाजलडोबा नहर सडकमा रहेको साहुडांगी क्षेत्रमा रहेको रेलवे फ्लाईओभरबाट एक युवकको शव फेला परेको हो। मृत्यु हुनेको नाम बिमान दास २० वर्ष बताइएको छ। युवक बिन्नागढी ग्राम पञ्चायत अन्तर्गत बिरवन क्षेत्रका बासिन्दा थिए। घटनापछि बिरवनका स्थानीयवासीले केही समय सडक अवरुद्ध गरेपछि स्थानीयले युवकको हत्या भएको बताएका छन्। अन्ततः पुलिसको आश्वासनपछि सडक जाम हटाइयो। स्थानीय तथा पारिवारिक स्रोतका अनुसार विमान दास बिन्नागढी ग्राम पञ्चायतको बिरवन क्षेत्रका हंसधर दासका छोरा थिए। युवक साहुडांगी क्षेत्रमा रहेको कुरियर कम्पनीको गोदाममा काम गर्थे। दैनिकजस्तै उनी मंगलबार पनि काममा गएक थिए। त्यहाँबाट साइकलमा घरतर्फ निस्किए पनि घर फर्किएनन्। उनको शव आज बिहान फूलबारी–गजलडोबा नहर सडकमा रहेको साहुडांगी क्षेत्रमा रहेको रेलवे फ्लाईओभरबाट भेटिएको हो। शवलाई आफ्नो नियन्त्रणमा लिएपछि पुलिसले सम्पूर्ण विषयमा अनुसन्धान थालेको छ। अर्कोतर्फ यो घटनालाई लिएर सम्पूर्ण क्षेत्रमा सनसनी मच्चिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement