एकिकृत माले इनरुवाको अध्यक्षमा प्रेम पौडेल नेतृत्वको समूह विजयी

IMG-20240619-WA0146.jpg

भद्रपुर: नेपाल कम्युनिष्ट पार्टी एकिकृत माले इनरुवा नगर कमिटी(सुनसरी) को सम्पन्न अधिवेशनले प्रेम पौडेलको नेतृत्वको प्यानललाई निर्वाचित गरेको छ।

सम्पन्न मतगणनाअनुसार अध्यक्षमा प्रेम पौडेल १३४ मत प्राप्त गरी विजयी भए। उनका निकटतम प्रतिद्धन्द्धी चिरञ्जिबी रेग्मीले २४ मत प्राप्त गरे।

पौडेल यसअघिको एमालेको अधिवेशन आयोजक समितिको समेत अध्यक्षको रुपमा रहेका थिए।

उपाध्यक्षमा पनि पौडेल प्यानलकै अशोक साह निर्वाचित भए। उनले १२५ मत प्राप्त गरे भने उनको प्रतिद्धन्द्धी कृष्णदेब पोद्दारले ३३ मत प्राप्त गरे। साह इनरुवा नगरपालिका वडा नम्बर ८ का निर्वाचित वडाध्यक्ष हुन्।

त्यसैगरी सचिवमा विनोद भाइ पोखरेल निर्वाचित भए उनले ९० मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्द्धी रमेश आचार्यले ६८ मत प्राप्त गरे।

त्यस्तै उपसचिव महिलामा रेनुका चौधरी १२७ मत प्राप्त गर्दै विजयी भइन्। उनको निकटतम प्रतिद्धन्द्धी रुक्मिणी सापकोटाले ३२ मत प्राप्त गरिन्।

त्यसैगरी उपसचिव खुल्ला तर्फ दिपक कार्की १०५ मत प्राप्त गर्दै विजयी भए। उनका निकटम प्रतिद्धन्द्धी दिनेश प्रसाद यादवले ३२ मत मात्रै प्राप्त गरे। विजयी कार्की इनरुवामा सञ्चालित द मार्टर बोर्डिङ स्कुलका सञ्चालक हुन्।

सदस्यहरुमा पनि पौडेलसमूहकै उम्मेदवारहरु विजयी भएका छन्। ७१ जना सदस्य निर्वाचित भएका छन्। जसमा वडा नम्बर १ बाट पाँच जना, वडा नम्बर २ बाट चार, वडा नम्बर ३ बाट १७ जना, वडा नम्बर ४ बाट तीन जना, वडा नम्बर ५ बाट १० जना, वडा नम्बर ६ बाट १४ जना, वडा नम्बर ७ बाट तीन जना, वडा नम्बर ८ बाट छ जना, वडा नम्बर ९ बाट पाँच जना र वडा नम्बर १० बाट पाँच जना सदस्य निर्वाचित भएका छन्।

इनरुवामा संस्थापन पक्ष र इतर पक्षबीच प्रतिष्पर्घा भएको थियो। निर्वाचनमा इतर पक्षले पूर्ण बहुमतसहित जित हासिल गर्दा संस्थापन पक्ष भने न्यूनतम मतको लागि संघर्ष गर्नु पर्ने स्थिति देखिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement