यूरो कप २०२४: ग्रुप एफ-मा तुर्की र पोर्तुगल विजयी

IMG-20240619-WA0122.jpg

बर्लिन: यूरो कप २०२४ फूटबल टुर्नामेण्टमा मंगलवार राति ग्रुप एफ-को दुईवटा म्याच खेलियो। यसमा पोर्तुगलले जीत हासिल गर्न निक्कै संघर्ष गर्नु पऱ्यो भने तुर्कीलाई चाहिँ म्याच जित्न अधिक समस्या भएन। स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोको उपस्थितिमा पोर्तुगलले चेक रिपब्लिकलाई २-१-ले पराजित गऱ्यो। रेड बुल एरेना लिपजिगमा ७४ प्रतिशत पोजेशनको साथ खेले पनि पोर्तुगलको टीम एक समय पछाड़िएको थियो। म्याचको मध्यान्तरसम्म कुनै गोल भएन। त्यसपछि लुकास प्रोवोडले ६२औं मिनटमा लामो दूरीबाट दर्शनीय गोल गरी चेक रिपब्लिकको टीमलाई बढ़त दिलाए। त्यसपछि दबाउको परिस्थितिमा चेक रिपब्लिकका डिफेण्डर रोबिन ह्रानाकले ६९औं मिनटमा आत्मघाती गोल गर्दा पोर्तुगलको टीम १-१-को बराबरीमा पुग्यो। अन्तमा सब्स्टीट्यूड खेलाड़ी फ्रान्सिस्को कोन्सेकाओले इञ्ज्युरी टाइमको दोस्रो मिनटमा नजिकबाट गोल गरी पोर्तुगललाई रोमाञ्चक जीत दिलाए। यसरी ग्रुप एफ-को अन्य एउटा म्याचमा तुर्कीले जर्जियालाई ३-१-ले पराजित गऱ्यो। सिग्नल इदुना पार्कमा ५६ प्रतिशत पोजेशनको साथ खेल्ने तुर्कीलाई दोस्रो हाफको प्रदर्शनले जीत दिलायो। म्याचको मध्यान्तरसम्म स्कोर १-१-को बराबरीमा रहेको थियो। विजेता टीमबाट मेर्ट मुल्डुरले २५औं, अर्दा गुलेरले ६५औं र मुहाम्मेद केरेम अक्तुरकोग्लुले इञ्ज्यु टाइमको सातौं मिनटमा गोल गरे। यसरी जर्जियाबाट जिओर्जेस मिकाउताद्जेले ३२औं मिनटमा गोल गरे। ग्रुप एफ-मा अहिले गोल अन्तरको आधारमा तुर्की पहिलो र पोर्तुगल दोस्रो स्थानमा रहेको छ। यी दुई टीमसँग ३-३ पोइण्ट्स छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement