नयाँ दिल्ली: भारतीय फूटबल टीमका पूर्व मुख्य प्रशिक्षक इगोर स्टिमाक र अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-बीच घमासन शुरु भएको छ। एआईएफएफ-ले आइतवार भएको बैठकपछि स्टिमाकलाई मुख्य प्रशिक्षक पदबाट बर्खास्त गर्ने फसेला गरेको थियो। त्यसपछि क्रोएशियाका पूर्व फूटबलरले पनि एआईएफएफ-लाई १० दिनभित्र उनको बाँकी रकम भुक्तान गर्ने अनि यस्तो नभएको क्षेत्रमा फिफा ट्रिब्यूनलमा मामिला दर्ता गर्ने धम्की दिएका छन्। वास्तवमा हालै सम्पन्न फिफा वर्ल्ड कप २०२६ क्वालीफायरमा भारतीय टीमको प्रदर्शन निराशाजनक रहेको थियो। त्यसपछि एआईएफएफ-ले स्टिमाकलाई मुख्य प्रशिक्षक पदबाट बर्खास्त गरेको थियो। भारतले दोस्रो राउण्डमा होम ग्राउण्डमा कुवैत विरुद्ध ड्र खेलेको थियो जबकि कतर विरुद्ध महत्त्वपूर्ण म्याचमा हारको सामना गर्नु परेको थियो। यसरी भारतीय टीमले पहिलोपल्ट फिफा वर्ल्ड कप क्वालीफायरको तेस्रो राउण्डमा खेल्ने मौका गुमाएको थियो।
स्टिमाकले एआईएफएफ अध्यक्ष कल्याण चौबेमाथि रिस पोखाउँदै उनीको अनुबन्ध धेरैपल्ट तोड़िएको आरोप लगाएका छन्। यसको साथमा उनले फिफा वर्ल्ड कप क्वालीफायरको दोस्रो राउण्डदेखि अघि बढ़्न नसकेको निम्ति पनि चौबेलाई नै जिम्मेवार बताएका छन्। स्टिमाकले भने, समयभन्दा अघि नै अनुबन्ध समाप्त गरिएको हुनाले म १० दिनभित्र आफ्नो समस्त बाँकी रकमको भुक्तान भएको चाहन्छु। यो त्यही रकम हुनेछ, जुन अनुबन्धको कार्यकालमा मलाई प्राप्त हुनु थियो। यस्तो नभएको क्षेत्रमा म फिफा ट्रिब्यूनलमा एआईएफएफ विरुद्ध मामिला दर्ता गर्नेछु। उल्लेखनीय छ, स्टिमाक गत वर्ष साफ च्याम्पियनशीप, त्रिकोणीय सिरीज र इण्टरकण्टिनेण्टल कप जितेर एक सालमा तीनवटा ट्रफी जित्ने पहिलो भारतीय प्रशिक्षक बनेका थिए। त्यसपछि एएफसी एशिया कपमा चाहिँ भारतले अष्ट्रेलिया, सीरिया र उज्बेकिस्तान विरुद्ध हारको सामना गर्नु परेको थियो। यस साल फिफा वर्ल्ड कप क्वालीफायरमा पनि निराशाजनक प्रदर्शन जारी रहँदा एआईएफएफ-ले उनलाई पदबाट बर्खास्त गरेको थियो। स्टिमाकले भनेका छन्, अध्यक्ष चौबेले भारतीय खेल प्राधिकरण (साई)-सँग मिलेर एशियन गेम्सको निम्ति मेरो खेलाड़ीहरूका सूचीमा फेरबदल गरे अनि तीन सीनियर खेलाड़ीहरूलाई सामेल गरे। यसबाहेक आईएसएल क्लबहरूले पनि एशियन गेम्समा कुन-कुन खेलाड़ीले हिस्सा लिनेछन् भन्ने तय गऱ्यो। यसबाहेक चीन यात्राको तीतो अनुभवलाई भुल्न सकिनेछैन।








