मंगन: काबिका एसडीएम प्रकाश राईको अगुवाईमा आज एक टोलीले तिङचिम चादे जीपीयू अन्तर्गत अम्बिथाङ, राङराङ र तिङचिममा प्रभावित क्षेत्रहरूको निरीक्षण गरियो। भ्रमण अवधि टिमले लोवर अम्बिथाङमा राहत शिविर पुगेर प्रभावित परिवारहरूसॅंग अन्तरक्रिया गर्दै उनीहरूको अवस्थारबारेमा सोधपुछ गरे।

एसडीएमले अम्बिथाङ र राङराङ वार्डमा प्रभावित घरहरूमा वितरणको निम्ति तिङचिम चादे जीपीयूका पञ्चायत सभापतिलाई २१ वटा तारपोलिन प्रदान गरे। टोलीले तादोङ वार्डमा सार्की भोटिया र भाई भोटियाको घरलाई अबिरल वर्षाले पुऱ्याएको क्षतिको पनि निरीक्षण गऱ्यो। एसडीएमले प्रभावित परिवारलाई दुईवटा तारपोलिन प्रदान गरे।