गान्तोक: राज्यमा पहिलो पल्ट खेलो इण्डिया राइजिङ आइडन्टिफिकेसन (केआइआरटीआई) कार्यक्रम चौथो श्रेणीदेखि बाह्रौ श्रेणीसम्मका विद्यार्थीहरूलाई लिएर शुरू गरिएको छ। उक्त कार्यक्रमको शुरूवात गत १२ मार्चको दिन चन्दीगढमा आयोजित एक कार्यक्रमबीच केन्द्री युवा मामिला एवम खेलकूद मन्त्रीले गरेका थिए। सो कार्यक्रम देशका स्कूलहरूमा खेलकूदलाई बढावा दिने उद्देश्यले शुरू गरिएको हो। यस कार्यक्रमको मुख्य खेलकुद प्रशिक्षण केन्द्र, भारतीय खेलकूद प्राधिकरण, नाम्चीले किर्ति ड्राइभ दुईवटा विषयहरूमा आयोजना गर्दैछ। यसै कुरालाई ध्यानमा राख्दै नाम्ची पब्लिक स्कूल मैदानमा आगामी २२ जुनदेखि २४ जुन २०२४ सम्म बक्सिङ र फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। यस अवसरमा फिजिकल फिटनेस, अनुशासन लगायत अन्य विषयहरूको जाँच गरिने भएको छ। यी सबै जाँचहरू फिजिकल कोचको अधिनस्थ हुने भएको छ।