चुनाउमा समर्पित भावनाले खटिएका पुलिस अधिकारीहरूलाई सम्मान जनाइयो

IMG-20240618-WA0255.jpg

गान्तोक: गत १९ अप्रेलको दिन सम्पन्न भएको सिक्किम विधानसभा र लोकसभा चुनाउमा पाकिम जिल्लाका पुलिसवलले सक्रिय र इमान्दारपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरेकोमा उनीहरूलाई आज सम्मान जनाइयो। पाकिम जिल्लाका वरिष्ठ पुलिस अधिक्षक तेञ्जिङ लोडेन लेप्चाको कार्यालयमा आयोजित सम्मान कार्यक्रममा विशेष गरेर चुनाउमा समर्पित भावनाले खटेर चुनाउलाई शान्तिपूर्ण ढङ्गमा सफल तुल्याउन सफल भएकोमा उनीहरूलाई सम्मान जनाउन यस प्रकारको कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा वरिष्ठ पुलिस अधिक्षक तेन्जिङ लोडेन लेप्चा निर्वाचन प्रक्रियालाई सुचारू रूपमा सञ्चालन सुनिश्चित गर्नका लागि अमूल्य योगदानको लागि अधिकारीहरूको प्रशंसा गरे। उनले चुनाउ प्रक्रियालाई सुनिश्चित गर्नका लागि अधिकारीहरूलाई उनीहरूको योगदानको लागि कृतज्ञता व्यक्त पनि व्यक्त गरे। यसका साथै उनले कर्मचारीहरुलाई बधाई दिँदै उनीहरुको समर्पित सेवाको लागि सम्मान पत्र पनि प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement