गान्तोक। भारत तिब्बत सीमा पुलिस (आईटीबीपी) को माउण्टेन बाइकिङ अभियान दलले शुरू गरेको स्वच्छता अभियान एवं चिकित्सा शिविर अन्तर्गत आज उत्तर सिक्किमको चुङथाङमा स्वच्छता जागरूकता अभियान चलाइयो। अभियान अवधि फोहोर संग्रह गरेर त्यसको सही व्यवस्थापन गरियो।
यसका साथै चुङथाङका स्थानीय मानिसहरूका लागि एक दिवसीय नि:शुल्क चिकित्सा शिविर पनि आयोजन गरियो। शिविरमा स्वास्थ्य जॉंचका साथै परामर्श दिइयो। शिविरमा धेरै संख्यामा मानिसहरू सहभागी बनेका थिए।
अभियान दलका वरिष्ठ अधिकारीले भने, आईटीबीपी सीमावर्ती क्षेत्रका युवाहरूलाई स्वरोजगारसॅंग जोड्न कल्याणकारी कार्यक्रमहरूको माध्यमद्वारा लाभान्वित गर्ने गर्दछ। आईटीबीपी केन्द्रिय सशस्त्र पुलिस बलहरूमा एउटा यस्तो बल हो जो सीमामा बसेका मानिसहरूको सुख अनि दु:खमा साथ दिने गर्दछ। शौर्य, दृढता, कर्मनिष्ठा आईटीबीपीको मूलमंत्र हो।