राज्य मन्त्री पासवानले गरे जिल्लास्तरीय समितिसँग बैठक

n618392847171873331853923ca69c2c0d8277cb08384dd68165d2ea883637b963ec0a3973b8ecc3aacc4af.jpg

गान्तोक: तीन दिवसीय सिक्किम भ्रमणमा आएका भारत सरकारको ग्रामिण विकास राज्य मन्त्री कम्लेस पासवानलाई नाम्चीमा स्वागत जनाइयो। उनी नाम्ची आइपुग्का त्यहाँका जिल्लापाल अन्नपूर्ण आले, विशेष सचिव बेनु गुरूङ, अतिरिक्त जिल्लापाल (मुख्यालय) सुवास घिमिरे लगायत अन्य अधिकारीहरूले उनलाई भव्यरूपमा स्वगात जनाए। यसबाहेक राज्यमन्त्रीले ग्रामीण विकास मन्त्रालय अन्तर्गत केन्द्र प्रायोजित योजनाबारेमा जिल्ला स्तरका अधिकारीहरूसँग समीक्षा बैठकको आयोजना गरे भने उनले बैठकपछि जिल्लाका विभिन्न ग्रामीण विकास परियोजनाहरूको निरीक्षण गर्ने जानकारी गराइएको छ।

यसरी नै उनी नामथाङको कृषि विज्ञान केन्द्रमा देशका प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा शुरू गरिएको किसान १७औं किस्ताको भर्चुउल विमोचन कार्यक्रममा पनि सहभागी बन्ने बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement