सीएसी-लाई साक्षात्कार दिएपछि गम्भीर नै प्रशिक्षक बन्ने सम्भावना

IMG-20240618-WA0254.jpg

नयाँ दिल्ली: पूर्व भारतीय क्रिकेटर गौतम गम्भीरले मंगलवार बीसीसीआईको क्रिकेट सल्लाहकार समिति (सीएसी) समक्ष राष्ट्रिय टीमका मुख्य प्रशिक्षक पदको निम्ति साक्षात्कार (इण्टरभ्यू) दिए । सीएसी-मा अशोक मल्होत्रा, जतीन पराञ्जपे र सुलक्षणा नाइक जस्ता पूर्व क्रिकेटर रहेका छन्। बीसीसीआई सूत्रबाट थाहालागे अनुसार, आज गम्भीर सीएसी समक्ष साक्षात्कारको निम्ति उपस्थित थिए। आज पहिलो चरणको चर्चा भयो अनि भोलि अझ एक चरण हुने सम्भावना छ। यसबीच प्रशिक्षक पदको रेसमा अहिले गम्भीर एकमात्र उम्मेद्वार रहेको थाहा लागेको छ अनि उनको नामको घोषणा केवल औपचारिकता रहेको छ, जुन आउँदो ४८ घण्टा भित्र हुनसक्छ। टीम इण्डियाका वर्तमान मुख्य प्रशिक्षक राहुल द्रविड़को कार्यकाल आईसीसी टी२० वर्ल्ड कपको साथ समाप्त हुनेछ। यसैकारण बीसीसीआई-ले नयाँ प्रशिक्षकको खोज शुरु गरेको छ। बीसीसीआईले मुख्य प्रशिक्षक पदको निम्ति गत महिना आवेदन आमन्त्रित गरेको थियो, जसको अन्तिम मिति २७ मई थियो। अब नयाँ प्रशिक्षकको कार्यकाल जुलाई २०२४ देखि ३१ दिसम्बर २०२७-सम्म रहन सक्छ। भारतका पूर्व ओपनर ४२ वर्षीय गम्भीरले हालै मेण्टरको भूमिकामा रहेर कलकत्ता नाइट राइडर्स (केकेआर) – लाई आईपीएल ट्रफी दिलाएका थिए। उनी दुईपल्ट वर्ल्ड च्याम्पियन बन्ने (२००७-मा टी२० वर्ल्ड कप र २०११-मा वनडे वर्ल्ड कप) भारतीय टीमका हिस्सा थिए। यसबाहेक उनको कप्तानीमा केकेआर दुईपल्ट आईपीएल च्याम्पियन भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement