यात्रुले विमानभित्र लुगा फुकालेपछि आकस्मिक अवतरण गर्नुपर्यो

Flight-1

भर्जिन अष्ट्रेलियाको पर्थबाट मेलबर्न जाने विमान भीए ६९६ मा अचानक एक यात्रु पूर्ण नग्न भएर विमानको गल्लीमा पागल जस्तै दौडन थाले। यो देखेर यात्रु र चालक दल दंग परे। हाल यात्रुको परिचय खुल्न सकेको छैन। विमानमा यात्रा गर्ने क्रममा ती व्यक्तिले अचानक अनौठो व्यवहार गर्न थाले। उनले आफ्नो लुगा फुकाले र विमानको गल्लीमा माथि तल उफ्रन थाले। उनले ककपिटको दैलो समेत ढकढकाएर एक फ्लाइट अटेन्डेन्टलाई लडाइदिए। उक्त व्यक्तिको अनौठो व्यवहारका कारण पाइलटले विमान फिर्ता गरेर पर्थमा अवतरण गर्नुपरेको थियो। न्यूयोर्क पोस्टको रिपोर्ट अनुसार पर्थमा अवतरण पछि व्यक्तिलाई पुलिस अधिकारीहरूले उनलाई पक्राउ गरे। भर्जिन अष्ट्रेलियाले घटना र व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरेको छ। यस अवधिमा यात्रु र चालक दलको धैर्यता र सहयोगका लागि एयरलाइन्सले धन्यवाद दिएको छ। गत वर्ष म्युनिखबाट बैंककका लागि लुफ्थान्सा एयरलाइन्सको विमानले दिल्लीमा आपतकालीन अवतरण गरेको थियो। वास्तवमा फ्लाइटमा श्रीमान्–श्रीमतीबीच भएको झगडाका कारण केबिन क्रु स्टाफले यो निर्णय लिनुपरेको थियो। जानकारीका अनुसार म्युनिखबाट उडेको विमान एलएच ७७२ मा सवार श्रीमान श्रीमतीले केही कुरालाई लिएर आपसमा झगडा गर्न थालेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement