सिलगढी: असमको सिलचरमा काम गरिरहेका अर्जुन राम कहिल्यै घर फर्कन सक्ने छैनन्। उनी कञ्चनजङ्घा रेलमा घर फर्कदै थिए। यसैबीच, रंगपानीमा हिजो बिहान रेल दुर्घटना भएको छ। पटरीमा रोकिएको कञ्चनजङ्घा रेललाई मालगाडीले पछाडिबाट ठक्कर दिएको थियो। उक्त दुर्घटनामा अर्जुन राम सहित कैयौंको मृत्यु भएको थियो भने कैयौं घाइते भएका थिए। आज उनका कान्छो भाइ आफ्नो जेठो दाजुको लाश लिन उत्तर बंगाल मेडिकल कलेज र अस्पताल पुगेका थिए। उनका जेठा भाइ असमको सिलचरमा मजदुरी गर्ने गरेको उनले बताए। उनी कञ्चनजङ्घा रेलबाट घर फर्कदै गर्दा बाटोमा दुर्घटनामा परेका थिए। उनको निधनले परिवार शोकमा डुबेको छ।