सिलगढी: तृणमूल नेता र राज्यमन्त्री उदयन गुहाले हिजो सिलगढी नजिकै रंगपानीमा भएको रेल दुर्घटनामा प्रतिक्रिया व्यक्त गर्दै भने कि रेलवे अधिकारीहरूले रेल दुर्घटनाको जिम्मेवारीबाट बँच्न मृतक लोको पाइलटलाई दोष दिइरहेका छन्। यसको जिम्मेवारी रेल अधिकारीले लिनुपर्ने उनको भनाइ छ। साथै उनले रेल दुर्घटनालाई दुःखद भएको भन्दै दुर्घटनामा परी घाइते भएकाहरुलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिएका छन्। उल्लेखनीय छ कि हिजो बिहान सिलगढी नजिकै रांगपानीमा एउटा मालगाडी कञ्चनजङ्घा रेलसँग ठोक्किएको थियो। यस दुर्घटनामा धेरैको ज्यान गएको छ भने धेरै घाइते भएका छन्।