बिजनबारी: अविरल वर्षाको कारण बिजनबारीको लोवर लामा गाउँ निवासी डोमा तामाङको घर पूर्ण रूपमा क्षतिग्रस्त, रेलिङ ग्राम पञ्चायतद्वारा घट्ना स्थलको निरक्षण गरिएको छ। गत केही दिन अघिदेखि लगातार रूपमा परिरहेको अविरल लर्षाका कारण दार्जिलिङ पुलबजार खण्डको रेलिङ ग्राम पञ्चायत अधीनस्थ वार्ड नम्बर दुई लोवर लामा गाउँ निवासी डोमा तामाङको घर हिजो राति ८:३० बजेतिर पूर्ण रूपले ढलेर क्षतिग्रस्त भएको छ। उक्त दुर्घटनामा डोमा तामाङको दाहिने हातमा गम्भीर चोट लागेको छ भने दुईजना नानीहरु सामान्य रूपमा घाइते भएका छन्। आज रेलिङ ग्राम पञ्चायतका प्रधान सारिका राई, उप प्रधान नरदेव राई, वार्ड सदस्य सञ्चमान लिम्बू, समिति सदस्या लक्छ्न्दा लिम्बू अनि पञ्चायत सचिव मणि ईजमले स्थलगत भ्रमण गर्दै त्राण सामाग्री वितरण गरे। ग्राम पञ्चायतको अन फण्डबाट यथाशीघ्र १० हजार रूपियाँ प्रदान गरिने भएको छ। यसका साथै क्षेत्रीय सभासद सतिश पोखरेलको तर्फबाट पनि पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने भएको छ।