सांसद राजु विष्टद्वारा टिस्टा बाढ पिढीत अन्तर्गत रियाङका जनतासित भेटघाट

IMG-20240618-WA0235.jpg

टिस्टा: टिस्टा बाढी प्रभावित गाउँको भ्रमण गर्दै दार्जिलिङका सांसद राजु विष्टले आज रियाङका जनतासँग भेटघाट र अन्तरक्रिया गरेका छन्। यस क्रममा यो क्षेत्र राष्ट्रिय राजमार्ग–१० मा अवस्थित हुँदा हुँदै पनि यहाँका जनताको समस्यालाई अधिकारीहरूले बेवास्ता गरेको देख्दा दुःख लागेको सांसद विष्टले बताएका छन्। भ्रमणपछि सामाजिक सञ्जालमा एक पोष्ट साझा गर्दै सांसद विष्टले रम्बीमा टीएलडीपी तीन र कालीझोडामा टीएलडीपी चारबीच रहेको रियाङमा बढ्दो नदीको बहावले ठूलो मात्रामा क्षति, कटान र खेतबारी र घरहरू बगाएको उल्लेख गरेका छन्। टीएलडीपी चार बाँधबाट टिस्टाको बहावले यहाँको जग्गा क्रमशः खरानी हुँदै गइरहेको कारण प्रशासनले यस क्षेत्रको भ्रमण गरी रियाङको सुरक्षाका लागि आवश्यक कदम चाल्नु पर्नेमा विष्टले जोड दिएका छन्। सांसदले उनको पछिल्लो भ्रमणको क्रममा इरकॉन लाई यहाँको डम्पिङ ग्राउन्डमा सुरक्षा पर्खाल बलियो बनाउन अनुरोध गरेको तर अहिलेसम्म काम सुरु नगरेको कारण दुःख व्यक्त गरेका छन्।

यसका साथै टिस्टा नदीमा आएको बाढी प्रभावित जनतालाई भेट्ने क्रममा सांसद विष्ट कालीझोडा पनि पुगेका थिए। उनले बाढको समस्या समाधान हेतु एनएचपीसी का अधिकारीहरूसँग बातचीत गरिसकेको तथा अधिकारीहरुले ७० मिटर लामो सुरक्षा पर्खालको आफ्नो अनुरोधलाई प्रशोधन गर्ने आश्वासन दिएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement