कञ्चनजङ्घा एक्सप्रेस दुर्घटना: घाइते भएका पुलिस अधिकारी मनोज दासलाई भेट्न परिवार पुगे

IMG-20240618-WA0202

सिलगढी: रङ्गापानीमा कञ्चनजङ्घा एक्सप्रेस दुर्घटनामा मनोज कुमार दास गम्भीर घाइते भएका छन्। उनी हावडाका बासिन्दा हुन्। पेशाले पुलिस अधिकारी मनोज कुकर सिलगढीमा कार्यरत छन्। उनी हिजो कञ्चनजङ्घा एक्सप्रेस ट्रेनबाट सियालदह जाँदै थिए। रेल एनजेपीबाट छुटेपछि उनी आफ्नो मोबाइल हेर्दै थिए। यसैबीच भीषण दुर्घटना हुँदा उनको खुट्टा भाँचियो। उनलाई पछि उद्धार गरी गम्भीर अवस्थामा उत्तर बंगाल मेडिकल कलेज लगिएको थियो। घटनापछि हावडामा रहेको उनको परिवारका सदस्यलाई खबर पुगेपछि उनीहरु आज सिलगढी पुगेका छन्। हाल उनी माजो मेडिकल कलेजको क्रिटिकल केयर युनिटमा भर्ना छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement