पैह्रोले मेघालयमा एनएच ६ अवरूद्ध

road-meghalaya1.jpg

शिलंग: असमको बराक उपत्याकालाई गुवाहाटीसित जोड़्ने राष्ट्रिय राजमार्ग संख्या-६ बितेको एक सप्ताहदेखिकै निरन्तर अवरूद्ध हुँदै आइरहेको छ। मेघालयको राताछड़ामा मंगलवार फेरि पैह्रो गएको छ।

अविरल वर्षासितै पहाड़बाट ढुङ्गा-माटो झरेर सड़कबीचमा थुप्रिएको कारणले मार्ग अवरूद्ध भएको छ। फलस्वरूप मेघालयमा सयकड़ौ वाहनहर फसेका छन्।

मेघालयको पूर्वी जयन्तिया हिल्स जिल्लामा गत सोमवार रातीदेखि नै पैह्रो गइरहेको छ जसले गर्दा ट्राफिकलाई पूर्ण रूपले रोकिदिएको छ। राताछड़ादेखि सोनापुरसम्म वाहनहरूको लामो लस्कर लागेको छ। पछिल्लो सात दिनदेखिकै सड़कको अवस्था यस्तो छ। मुसलधारे पानी परिरहेकोले आज पनि धेरैवटा स्थानमा पैह्रो गएको छ। ठाउँ-ठाउँमा पहाड़बाट आएको पानी सड़क हुँदै बगिरहेकोले स्थिति झन् जटिल भएको छ। घना वर्षाको कारणले सड़कमा थुप्रिएको ढुङ्गा-माटोलाई सपा गर्ने कार्य पनि बाधित भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement