सिलगढी: दार्जीलिङ जिल्लामा मालवाहक रेल र कञ्चनजङ्घा एक्सप्रेस रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। घाइतेको संख्या ४० को हाराहारीमा रहेको बताइएको छ यसैबीच मृतक र घाइतेका आफन्त उत्तर बंगाल मेडिकलमा पुग्न थालेका छन्। पुलिसले परिवारसँग कुरा गरी शव बुझाउने प्रक्रिया शुरु गरेको छ। कोलकाताको बल्लीगञ्जबाट मृतक शुभजित मालीको शव लिन उनका परिवारका सदस्यहरू आज उत्तर बंगाल मेडिकल पुगे।