भारतीय फूटबल टीमका मुख्य प्रशिक्षक इगोर स्टीमाक बर्खास्त

IMG-20240618-WA0184.jpg

नयाँ दिल्ली: भारतीय पुरुष फूटबल टीमका मुख्य प्रशिक्षक इगोर स्टीमाकलाई अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले पदबाट बर्खास्त गऱ्यो। हालै फिफा वर्ल्ड कप क्वालीफायरमा भारतीय टीमको प्रदर्शन निराशाजनक रहेको थियो। त्यसपछि एआईएफएफ-ले यस्तो फसेला लियो। भारतीय टीमले दोस्रो चरणमा कुवैत विरुद्ध गोलरहित ड्र खेल्नको साथै कतर विरुद्ध महत्त्वपूर्ण म्याचमा हारको सामना गरेको थियो। यसरी टीमले पहिलोपल्ट फिफा वर्ल्ड कप क्वालीफायरको तेस्रो राउण्डमा पुग्ने सुनौलो मौका गुमाएको थियो। स्टीमाकलाई बर्खास्त गर्ने फसेला एआईएफएफ अधिकारीहरूद्वारा गरिएको बैठकपछि गरियो। बैठकको अध्यक्षता एनए हेरिसले गरेका थिए। बैठकमा मेन्ला इथेन्पा (सदस्य, कार्यकारी समिति र अध्यक्ष, वित्त समिति), अनिलकुमार प्रभाकरन (सदस्य, कार्यकारी समिति र अध्यक्ष, प्रतियोगिता समिति), आईएम विजयन (एआईएफएफ तक्निकी समितिका अध्यक्ष), क्लाइमेक्स लरेन्स (एआईएफएफ तक्निकी समितिका सदस्य) र सत्यनारायण (कार्यवाहक महासचिव) पनि सामेल थिए।
एआईएफएफ-द्वारा जारी बयानमा भनिएको छ, सीनियर राष्ट्रिय पुरुष टीमको फिफा वर्ल्ड कप २०२६ क्वालीफिकेशन अभियानको निराशाजनक परिणामलाई ध्यानमा राखेर सदस्यहरूले सर्वसम्मतिद्वारा टीमलाई अघि लैजानको निम्ति एकजना नयाँ मुख्य प्रशिक्षक सर्वश्रेष्ठ रहने कुरामा सहमति व्यक्त गरे। एआईएफएफ सचिवालयले स्टिमाकलाई नोटिस जारी गरेको छ अनि उनलाई तुरन्त प्रभावको साथ आफ्नो जिम्मेवारीहरूबाट मुक्त गरिएको छ। यसबीच स्टिमाकलाई तत्काल प्रभावको साथ हटाउँदा एआईएफएफ-ले ठूलो रकम चाहिँ भुक्तान गर्नु पर्नेछ। क्रोएशियाका पूर्व फूटबलरलाई २०२६-सम्मको निम्ति अनुबन्धित गरिएको थियो। यसैकारण अहिले अनुबन्धलाई चाँड़ै समाप्त गरेको हुनाले एआईएफएफ-ले उनलाई ३६०,००० डलर (लगभग ३ करोड़ रुपियाँ)-को क्षतिपूर्ति दिनु पर्नेछ।
स्टीमाकको साथमा भारतीय फूटबलमा एउटा युगको अन्त भयो। फिफा वर्ल्ड कप १९९८-मा एकजना खेलाड़ीको रूपमा काँस्य पदक जित्ने स्टीमाकले स्टीफन कन्स्टेनटाइन गएपछि १५ मई २०१९-मा भारतीय टीमको जिम्मेवारी लिएका थिए। स्टीमाकको मार्गदर्शनमा भारतले चारवटा ठूलो खिताब जित्यो। यसमा दुईवटा साफ च्याम्पियनशीप, एउटा इण्टरकण्टिनेण्टल कप र एउटा त्रिदेशीय फूटबल टुर्नामेण्ट सामेल छ। उनी एक सालमा तीनवटा ट्रफी जित्ने पहिलो भारतीय प्रशिक्षक बनेका थिए। यस चाहिँ भारतले एएफसी एशियाई कपमा अष्ट्रेलिया, सीरिया र उज्बेकिस्तान विरुद्ध हारको सामना गर्नु पऱ्यो। त्यसपछि वर्ल्ड कप क्वालीफायरमा पनि खराब प्रदर्शनपछि एआईएफएफ उनलाई पदबाट बर्खास्त गर्न वाध्य भयो। स्टीमाकलाई बर्खास्त गर्ने फसेलाले एआईएफएफ ठूलो बद्लाउ र दीर्घकालिक सफलता प्राप्त गर्नमा ध्यान केन्द्रित गरिरहेको दर्शाउँछ। यसको साथमा नयाँ मुख्य प्रशिक्षकको नियुक्तिमाथि पनि कड़ा नजर रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement