खरसाङ: हरिजन कल्याण समिति, एसबीडे सेनोटोरियम खरसाङ अनुसूचित जाति अन्तर्गत पर्ने हरिजन समुदायका सम्पूर्ण सदस्यहरूको निम्ति विगत चार दशकदेखि सामाजिक रूपमा कार्य गरिरहेछ। समितिकोे नियम अनुसार समितिलाई सुचारु रुपले सञ्चालन हेतु प्रत्येक वर्ष साधारण सभा गरेर सम्पूर्ण सदस्यलाई समितिमा भएको सम्पूर्ण कार्यहरूकोे जानकारी दिने गरिन्छ। यसको साथै सदस्यहरुबाट सुुझाव लिएर समितिकोे हितमा कार्यहरूको रूपरेखा तैयार गरिन्छ। यस वर्ष पनि हरिजन कल्याण समितिक वार्षिक सभा सम्पन्न भयो। सभाको सञ्चालन समितिका सचिव राजेन राउतले गर्दै प्रथम मा बाबा साहेब डा भीमराव अम्बेदकरको फोटो अघि समितिका वरिष्ठ सदस्य राजकुमारी राउतकोे बाहुलीबाट द्वीप प्रज्वलन साथै अध्यक्ष भोला राउतद्धारा खदा अर्पण गरियो। त्यसपछि सञ्चालन कमिटीका सदस्यहरू लगायत वरिष्ठ सदस्यहरूलाई खदा लाएर सम्मान गर्दै सञ्चालनमा सहयोग गरिदिएकाेमा धन्यवाद दिँदै समितिमा भएका सम्पूर्ण कार्यहरूको जानकारी दिइएको छ। सभामा कोष सम्बन्धी आय व्यायकोे हर हिसाब समितिका कोषाध्यक्ष सञ्जय राउतले राखे। समितिका अध्यक्ष भोला राउतले अध्यक्षीय भाषणमा सभामा उपस्थित भएका सदस्यहरूलाई स्वागत अभिवादन गर्दै सामाजिक सुझावहरु राखे भने गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका मुख्य कार्यपाल अनित थापालाई समिति भवन निर्माण गरिदिएकोमा धन्यवाद दिएका छन्। सभामा पुरानो कमिटीलाऊ विघटन गरिएको घोषणा गरियो। दोस्रो चरणमा सम्पूर्ण समिति सदस्यहरूको सुझावद्वारा पुनः दुई वर्षकोे निम्ति नयाँ सञ्चालन समितिकोे निम्ति चुनाव गरियो जसमा अध्यक्ष विजय राउत, उपाध्यक्ष सन्दिप राउत, सचिव सञ्जय राउत, सह सचिव समीर राउत, कोषाध्यक्ष मदन राउत, सह कोषाध्यक्ष राजेन राउत, मुख्य सल्लाहकार रामु राउत, सल्लाहकार भोला राउत, सुनु राउतसंगै १५ जनाको कार्यकारिणी सदस्यहरू चुनियो।

सभामा नव निर्वाचित सचिव सञ्जय राउतले हरिजन कल्याण समितिका सदस्यहरूको मूलभूत समस्याहरूसँग अवगत गराउँदै सामाधान हेतु आगामी दिनहरुमा प्रशासनिक अधिकारीहरुसंग औपचारिक भेटघाट गरी सदस्यहरु साथै समितिलाई सहयोग पुर्याउने भनी आफ्नो विचार राखेका थिए। अन्त्यमा समितिका अध्यक्ष विजय राउतले आफ्नो समभाषण राखेका थिए।