बर्लिन: यूरो कप २०२४ फूटबल टुर्नामेण्टमा बेल्जियम अप्रत्याशित हारको शिकार बनायो। यसरी नै रोमानियाले चाहिँ सजिलै म्याच जित्यो। सोमवार राति खेलिएको ग्रुप ई-को म्याचमा स्लोवाकियाले शक्तिशाली बेल्जियमलाई १-०-ले पराजित गऱ्यो। डोइशे ब्यांक पार्कमा ६१ प्रतिशत पोजेशनको साथ खेल्ने बेल्जियमको टीमले पूरा समय विपक्षी टीममाथि दबाउ सृष्टि गरे पनि गोल गर्न सकेन। यसको विपरीत इवान स्राञ्जले शुरुमै दिलाएको गोलले स्लोवाकियालाई विजयी बनायो। विंगर स्राञ्जले म्याचको सातौं मिनटमा गोल गरे। रोमेलु लुकाकुको साथमा लिएण्ड्रो ट्रोसार्ड, केविन डी ब्रूयेन र जेरेमी डोकुले लगातार प्रयास गरे पनि बेल्जियमलाई हारबाट बचाउन सकेनन्।

यसै ग्रुपको अन्य एउटा म्याचमा रोमानियाले युक्रेनलाई ३-०-ले पराजित गऱ्यो। आलियाञ्ज एरेनामा खेलिएको यस म्याचमा युक्रेनलाई भाग्यले साथ दिएन। यसबाहेक गोलकीपर एण्ड्रिय लुनिनको दुईवटा गल्तीले पनि टीमलाई डुबायो। म्याचमा २८ प्रतिशत पोजेशनको साथ खेल्ने रोमानियाबाट निकोले स्टानक्यूले २९औं, राजवान मारिनले ५३औं र डेनिस ड्रागुसले ५७औं मिनटमा गोल गरे। यो रोमानियाको कुनै प्रमुख टुर्नामेण्टमा गत २४ सालमा पहिलो जीत हो।