म्यूनिख: स्टार खेलाड़ीहरूले सुसज्जित फ्रान्सले यूरो कप २०२४ फूटबल टुर्नामेण्टमा आफ्नो पहिलो म्याच जसोतसो जित्यो। ग्रुप डी-को चरम रोमाञ्चक म्याचमा फ्रान्सले अष्ट्रियालाई १-०-ले पराजित गऱ्यो। कीलियन एम्बाप्पे, ओस्माने डेम्बेले, मार्कस थुराम, एण्टोनी ग्रीजम्यान र ओलिविएर गिरोड जस्ता खेलाड़ीहरू लिएर मैदानमा ओर्लिए पनि फ्रान्सले म्याचको एकमात्र गोलको निम्ति पनि लड़ाइँ गर्नु पऱ्यो। अष्ट्रियाका डिफेण्डर मेक्सिमिलान वोबरले ३८औं मिनटमा आत्मघाती गोल गर्दा फ्रान्सले बढ़त हासिल गऱ्यो। त्यही एक गोलको बढ़तलाई अन्तसम्म कायम राखेर फ्रान्सले जीत दर्ता गऱ्यो। म्याचको अवधि एम्बाप्पेको नाकको हड्डी भाँचियो। ग्रुप डी-मा नीदरल्याण्ड र फ्रान्ससँग १-१ वटा म्याचपछि ३-३ पोइण्ट्स रहेको छ तर गोल अन्तरको आधारमा डच टीम शीर्षमा रहेको छ। यसरी पोल्याण्ड तेस्रो र अष्ट्रिया चौथो स्थानमा छ।