आईसीसी टी३० वर्ल्ड कपः अफगानिस्तान विरुद्ध वेष्ट इण्डिजको एकतर्फी जीत

IMG-20240618-WA0149.jpg

ग्रस आइलेट (सेण्ट लूसिया): आईसीसी टी२० वर्ल्ड कपमा ग्रुप चरणको अन्तिम म्याचमा सह-आयोजक वेष्ट इण्डिजले एकतर्फी जीत हासिल गऱ्यो। मंगलवार बिहान खेलिएको ग्रुप सी-को अन्तिम म्याचमा वेष्ट इण्डिजले अफगानिस्तानलाई १०४ रनले सजिलै पराजित गऱ्यो। यस जीतपछि वेष्ट इण्डिज ८ पोइण्ट्सको साथ ग्रुपको शीर्षमा रहेर सुपर ८-मा पुग्यो। यसरी अफगानिस्तान ६ पोइण्ट्सको साथ दोस्रो स्थानमा रह्यो। यस ग्रुपबाट न्यूजील्याण्ड, युगाण्डा र पापुआ न्यू गिनीले सुपर ८-मा स्थान बनाउन सकेन। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले २० ओभरमा ५ विकेट गुमाएर २१८ रन बनायो, जुन टुर्नामेण्टको जारी संस्करणमा कुनै पनि टीमले बनाएको सबैभन्दा ठूलो स्कोर हो। जवाफमा अफगानिस्तानको टीम १६.२ ओभरमा ११४ रन बनाएर अलआउट भयो। म्याचमा वेष्ट इण्डिजलाई विशाल स्कोरसम्म पुऱ्याउनमा विकेटकीपर-ब्याटर निकोलस पूरनले ठूलो भूमिका निर्वाह गरे। पूरनले ८ वटा छक्का र ६ वटा चौकाको साथ ५३ बल खेलेर सर्वाधिक ९८ रन बनाए। उनले ईनिंग्सको चौथो ओभरमा अजमतुल्लाह ओमारजाईको बलिंगमा ३६ रन बनाए। यसरी वेष्ट इण्डिजले पावरप्ले-को ६ ओभरमै १ विकेट गुमाएर ९२ रन बनायो, जुन टी२० वर्ल्ड कपको इतिहासमा रेकर्ड स्कोर हो। वेष्ट इण्डिजबाट पूरन बाहेक जनसन चार्ल्सले ४३, कप्तान रोवम्यान पावेलले २६ र साई होपले २५ रन बनाए। अफगानिस्तानका बलरहरूमा गुलबदीन नईबले सर्वाधिक २ विकेट लिए। चरम दबाउबीच विशाल लक्ष्यलाई अघि राखेर खेल्न शुरु गर्ने अफगानिस्तानले शुरुदेखि नै विकेट गुमाउन थाल्यो। यसैकारण टीमले ११४ रन मात्र बनाउन सक्यो। इब्राहिम जादरानले ३८ र अजमतुल्लाह ओमारजाईले २३ रनको योगदान दिए। यसबाहेक कप्तान राशिद खानले १८ र करीम जन्नतले १४ रन बनाए। वेष्ट इण्डिजका बलरहरूमा ओबेद मेकोयले सर्वाधिक ३ विकेट लिए। यसबाहेक अकील होसेन र गुदाकेश मोतीले २-२ विकेट हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement