टी२० वर्ल्ड कपमा दुर्दशापछि पनि कप्तानी छोड्ने मूडमा छैनन् बाबर आजम

IMG-20240618-WA0002.jpg

लाउडरहिल: आईसीसी टी२० वर्ल्ड कपमा टीमको दुर्दशापछि पनि पाकिस्तानका कप्तान बाबर आजम कप्तानी छोड़्ने मूडमा छैनन्। टुर्नामेण्टको शुरुवाती चरणमै बाहिर भएपछि आलोचनाको शिकार बन्ने बाबरले उनको कप्तानी छोड़्ने कुनै सोच नरहेको अनि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) – सँग कुराकानीपछि मात्र यसमाथि फसेला गर्ने बताएका छन्। गत संस्करणको उपविजेता पाकिस्तानले ग्रुप ए- मा अमेरिका र भारत विरुद्ध हारको सामना गर्नु पऱ्यो। यसले गर्दा टीमले ग्रुप चरणको वाधा पार गर्न सकेन। गत वर्ष भारतमा भएको वनडे वर्ल्ड कप अनि यसपाली टी२० वर्ल्ड कपमा पनि ग्रुप चरणमै बाहिर भएपछि पाकिस्तान टीम अनि कप्तान बाबरको सर्वत्र आलोचना भइरहेको छ। आयरल्याण्ड विरुद्ध ग्रुप चरणको अन्तिम म्याचमा जीत हासिल गरेपछि पाकिस्तानका कप्तानले भने, यहाँबाट फर्किएपछि (पाकिस्तान) हामी टुर्नामेण्टमा प्रदर्शनबारे चर्चा गर्नेछौं। मैले कप्तानी छोड़्नु नै परे पनि त्यो म तपाईंहरूलाई खुलेर भन्नेछु। म पर्दा पछि लुकेर केही घोषणा गर्ने छुइनँ। अहिले त कप्तानीमा कायम रहने या छोड़्ने विषयमा मैले केही सोचेको छुइनँ। यसबारे अन्तिम निर्णय पीसीबी-ले लिनेछ। यसअघि मैले धेरै सोचेपछि कप्तानी छोड़ेको (वनडे वर्ल्ड कपपछि) थिएँ। त्यस समय पनि मैले आफै घोषणा गरेको थिएँ। त्यसपछि पीसीबी-कै निर्देशमा मैले कप्तानी सम्हालेको थिएँ। अब म पदमा रहनु या नरहनुबारे फसेला बोर्डले गर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement