सुमित नागल एटीपी ऱ्याङकिंगको ७१औं स्थानमा

IMG-20240617-WA0351.jpg

नयाँ दिल्ली: भारतका शीर्ष एकल टेनिस खेलाड़ी सुमित नागलले एटीपी ऱ्याङकिंगमा सुधार जारी राख्दै ७१औं स्थान हासिल गरेका छन्। यो उनको करियरको सर्वोच्च ऱ्याङकिंग हो। पेरिस ओलम्पिकको तयारीमा रहने नागल गत हप्ता ७७औं स्थानमा रहेका थिए अनि पेरुगिया एटीपी च्यालेञ्जर टुर्नामेण्टमा उपविजेता रहेको हुनाले उनको ऱ्याङकिंगमा ६ स्थानको सुधार भएको छ। पेरिस ओलम्पिकको पुरुष एकल ड्र-मा स्थान बनाउने एकमात्र भारतीय खेलाड़ी नागलसँग अहिले ७७७ एटीपी अंक रहेको छ। नागलले गत केही समयदेखि निरन्तर असल प्रदर्शन गर्दै आफ्नो ऱ्याङकिंगमा मात्र सुधार नगरेर ओलम्पिक खेलहरूमा पुरुष एकलको मुख्य ड्र-मा पनि स्थान बनाए। नागलले सालको पहिलो ग्राण्ड स्ल्याम अष्ट्रेलियन ओपनको दोस्रो राउण्डमा स्थान बनाए पनि फ्रेञ्च ओपनमा चाहिँ शुरुमै हारेका थिए। नागलले यस महिनाको शुरुवातमा जर्मनीमा हीलब्रन नेकर कप २०२४ च्यालेञ्जर प्रतियोगिता र फरवरीमा चेन्नई ओपनमा पुरुष एकलको खिताब जितेका थिए। अहिले उनी ओलम्पिकको तयारीमा जुटेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement