मंगन: माङसीलाका पैह्रो पीडित परिवारहरूलाई आपदा प्रबन्धन अधिनियम २००५ को नियम अनुसार अनुग्रह राशि प्रदान गरिएको छ। पहिलो चरणमा आज कुल ३६ परिवारलाई चेक वितरण गरियो।एसडीएम लगायत माङसीला तिबुक जीपीयू र तिङचिम चाडे जीपीयूका पञ्चायतहरूको उपस्थितिमा चेक वितरण गरियो। टीमले लोवर रालक, मोला, तादोङ र राङराङमा पैह्रो प्रभावित क्षेत्रहरूको निरीक्षण भ्रमण गऱ्यो।