अतिरिक्त जिल्लापालले गरिन मध्य भारत पावर कर्पोरेशनको निरीक्षण

IMG-20240617-WA0345.jpg

गान्तोक: पाकिम जिल्लाको जिल्लास्तरीय अनुगमन समितिले आज रम्फूमा सञ्चालित मध्यभारत पावर कर्पोरेशन लिमिटेडको निरीक्षण गऱ्यो। पाकिम जिल्लाकी अतिरिक्त जिल्लापाल अनुपा तामलिङको नेतृत्वमा गएको टोलीमा महकुमा अधिकारी एसपी भोटिया, डीएफओ महेन्द्र सुब्बा लगायत अन्य अधिकारीहरू पनि सामेल रहेका थिए। समितिले अघिल्लो निरीक्षणका क्रममा जारी गरिएका निर्देशनका आधारमा भएको कारबाही प्रतिवेदनको छानबिन र मूल्याङ्कन बैठकमा गरे पछि निरीक्षण गरिएको हो। सार्वजनिक जीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न एमबीपीसीएलद्वारा लागू गरिएको सुरक्षाका उपायमाथि जोड दिएको थियो। त्यसपछि निरीक्षण टोलीले एमबीपीसीएलको पावर हाउस साइट निरीक्षण गऱ्यो,जसमा अग्निशमन विभागका अधिकारीहरूको व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), उच्च बाढीस्तर मार्किङ, टेल रेस टनेलको आउटलेट, र मेडिकलको उपलब्धता जाँचबारे जानकारी लिएके छ।

टोलीले आपतकालिन समयमा सार्वजनिक रूपमा यसको श्रव्यता सुनिश्चित गर्न साइरनको आवृत्ति पनि मूल्याङ्कन गऱ्यो। बैठकमा अतिरिक्त जिल्लापालले राज्यमा गत ४ अक्टोबरको बाढी प्रकोपको क्रममा एमबीपीसीएलद्वारा गरिएको सहयोगको लागि प्रशंसा व्यक्त गरिन्। उनले जलविद्युत आयोजनाको सुरक्षामा सतर्कता कायम राख्न निरीक्षण गरिएको र निरीक्षणको क्रममा परिणामबारे प्रकाश पारिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement