ग्रामीण विकास राज्यमन्त्री कमलेश पासवान तीन दिवसीय सिक्किम भ्रमणमा

IMG-20240617-WA0343.jpg

गान्तोक: भारत सरकारको ग्रामीण विकास राज्यमन्त्री कमलेश पासवान तीन दिवसीय भ्रमणको निम्ति सिक्किम आएका छन्। आज सिक्किम आउने क्रममा उनलाई पश्चिम बंगालको बागडुग्रा हवाई अड्डामा स्वागत जनाइयो। तीन दिवसीय भ्रमणको निम्ति आएका मन्त्री २० जूनको दिन फर्किने भएका छन्। आज उनले नाम्ची जिल्लाको कृषि विज्ञान केन्द्रमा आयोजित पीएम किसान २०२४ को १७ इन्सटलमेन्ट विमोचन कार्यक्रममा सहभागिता जनाए। नाम्चीको कार्यक्रम सकेपछि उनी गान्तोक आएका छन् भने उनलाई बागडुग्रा हवाइ अड्डामा ग्रामीण विकास विभागका उपसचिव दिपक राई लगायत सिलगढी प्रोटोकल युनिटका अधिकारीहरूले स्वागत जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement