गान्तोक: कावि चुङचोक निर्वाचन क्षेत्रको विभिन्न स्थानमा निरन्तर परेको पानीले व्यापकरूपमा क्षति पुऱ्याएको छ। यस घटनालाई मध्य नजर राख्दै महकुमा अधिकारी प्रकाश राजले आज लोवर गोङखा र लुङचोक संगम वार्ड अन्तर्गत पैह्रौ प्रभावित स्थलको निरीक्षण गरे। निरीक्षणको क्रममा प्रभावित परिवारलाई त्रिपल लगायत अन्य आवश्यक सामग्री पनि वितरण गरिएको जानकारी गराइएको छ। सोही प्रकारले महकुमा अधिकारीको नेतृत्वमा गएको टोलीले राष्ट्रीय राजमार्ग गान्तोकदेखि मंगन जानेबीच संगम तुम्लोङको अवस्था पनि दयनीय रहेको र कुनै पनि समयमा यसले विकरालरूप लिन सक्ने बताइएको छ। निरीक्षण पछि महकुमा अधिकारीले सडक एवम पुल विभाग अधिकारीहरूलाई सडक धस्किन भन्दा अघि नै मरम्त गर्नुपर्ने निर्देश दिएका छन्।