पीएमआर एससी र डीपीएफसी इन्टेक फाइनलमा

IMG_20220811_233749.jpg

११ अगस्तः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबल टुर्नामेण्टमा बिहीवार दुईवटा सेमिफाइनल म्याच खेलियो। अप्पर सीडर्स खेल मैदानमा आज भएको पहिलो म्याचमा पीएमआर स्पोर्टिंग क्लबले विनय स्पोर्टिंग क्लब (लोवर सीडर्स)-लाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट लाक्पा तामाङले ३७औं र ४९औं मिनटमा २ गोल गरे। यसरी नै विनय स्पोर्टिंगबाट नितेनले १ गोल गरे। पीएमआर एससी-का लाक्पालाई प्लेयर अव् द म्याच चयन गरियो। यसरी नै दोस्रो म्याचमा डीपीएफसी इन्टेक-ले अम्बोटिया युनाइटेडलाई ३-२-ले पराजित गऱ्यो।

विजेता टीमबाट पूजन मंगरले सातौं र ३९औं मिनटमा २ गोल गरे। यसबाहेक मनीषले ५१औं मिनटमा गोल गरे। यसरी नै अम्बोटिया युनाइटेडबाट अखिलेशले ११औं र बिक्कीले ६२औं मिनटमा गोल गरे। विजेता टीमका पूजनलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *