केवल एउटा प्याजले तपाईँको दाग-धब्बा हराउने छ

hhhh-1

कोलकता : यदि तपाईँको अनुहारको ग्लो फेरि चाहनु हुन्छ भने प्याचको प्रयोग गर्नुहोस्। यहाँ हामी तपाईँलाई प्याजको लाभकारी विषयलाई लिएर आएका छौँ। प्याज केवल स्वास्थ्यको लागि मात्र लाभकारी हुँदैन यो त्वचा (स्किन) को निम्ति पनि धेरै उपयोगी हुन्छ। प्याजको रसमा एन्टीआक्सीडेन्ट, विटामिन ए, सी अनि ई भरपूर मात्रा हुन्छ। जसले अनुहारलाई सफा अनि ग्लोइङ्ग बनाउँछ।

 १. त्वचा (स्किन) को निम्ति कसरी लाभकारी छ प्याज

हेल्थ एक्सपर्ट्सले भन्छन् कि प्याजको रसले अल्ट्रा-वायलेट किरणबाट बचाउँछ। यो एन्टी एजिङ्ग हो, यसको प्रयोगले अनुहारमा उमेरको प्रभाव कम्ति देखिन्छ। यो स्किनलाई डिटाक्स गर्छ। कोलेजन उत्पादनलाई बढाव दिन्छ। यसको प्रयोगले त्वचालाई पोषण मिल्छ।

. प्‍याज फेस मास्‍क बनाउने तरीका

तपाईँलाई 3 चम्ची दही अनि एउटा सानो प्‍याज चाहिन्छ।
सबैभन्दा पहिला प्याजलाई पिसेर पेस्ट बनाउनुहोस्।
अब प्याजको पेस्टमा 3 चम्ची दही मिलाउनुहोस्।
यसलाई अनुहारमा मास्कजस्तै लगाउनुहोस्।
यसको १५ मिनटपछि अनुहार धुनुपर्छ।

यस्तो तपाईँले सप्ताहमा एकदिन गर्न सक्नुहुनेछ।   

३. फाइदा-

 यदि तपाईँ च्वचा सुख्खा हुने समस्यामा छ भने यो प्याजलाई फेस मास्क बनाएर प्रयोग गर्न सक्नुहुन्छ । यसले अनुहारमा प्राकृतिक चमक ल्याउँछ र अनुहारको चमक बढाउँछ। यसको नियमित प्रयोगले दाग पनि हटाउन सकिन्छ।

४. मुँहासे हटाउन

यसलाई बनाउन कागतीको रस १ चम्ची, मह १ चम्ची र एउटा प्याज चाहिन्छ ।

प्याजको पेस्ट बनाउनुहोस् र यसमा १ चम्ची कागतीको रस र १ चम्ची मह मिसाउनुहोस्।

अब यसलाई आफ्नो अनुहारको प्रभावित भागहरूमा लगाउनुहोस्।

२० मिनेटपछि चिसो पानीले अनुहार धुनुहोस् ।

 ५. कालो ओठ हटाउनुहोस्

प्याजको रसमा भिटामिन ई-को तेल मिसाएर राती सुत्नुअघि ओठमा लगाउनुहोस्।

तपाईंले यो एक हप्ताको लागि हरेक दिन गर्नुपर्छ।

एक महिनापछि तपाईँको ओँठको रङ हल्का हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement