कञ्चनजङ्गा एक्सप्रेस दुर्घटना: घाइतेहरूलाई ल्याउने र उपचार गर्ने व्यवस्था गरिनेछः डा. सरमा

Screenshot_20240617_213746_Google.jpg

गुवाहाटी: मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, यदि अगरतला कञ्चनजङ्घा एक्सप्रेस दुर्घटनामा असमका कुनै व्यक्ति परेका छन् भने उनीहरूलाई दुर्घटनास्थलदेखि असमसम्म ल्याउने अनि उनीहरूको उच्च स्तरीय उपचारको व्यवस्था गर्ने दायित्व असम सरकारले वहन गर्नेछ। मुख्यमन्त्रीले भने, रेल दुर्घटनाको विषयमा उनले रेलमन्त्री अश्विमी वैष्णवसित कुराकानी गरिसकेका छन्।

उनले भने, रेलगाड़ी त्रिपुरादेखि प्रस्थान भएर असम हुँदै बंगालतिर गइरहेको थियो। त्यसैले त्यस रेलमा असमका मानिसहरू ठूलो संख्यामा सवार भएका थिए। यद्यपि पूर्वोत्तर सीमा रेलवेद्वारा दुर्घटनाका मृतक तथा यसमा घाइते भएका मानिसहरूको सूची जारी गरिएको छैन। तथापि राज्यका मुख्य सचिवले यस सम्पूर्ण घटनाक्रममाथि निगरानी राखिरहेका छन्। मुख्यमन्त्रीले भने, रेलवे अधिकारीहरूसित लगातार सम्पर्क गरिरहेका छौं।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement