कोलकाता: वर्तमान समयमा मोबाइल फोन हरेक व्यक्तिको दैनिक जीवनमा अभिन्न अंग बनिसकेको छ। ब्यांक लेनदेनको लागि होस्, टिकट बुकिङको लागि होस् वा भिडियो कल गर्नलाई होस्, मोबाइलले सबैलाई सजिलो बनाएको छ। यसमा सिम कार्डले सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्छ। यस्तो अवस्थामा साइबर ठगहरूले मोबाइल सिम कार्डलाई ठगीको नयाँ हतियार बनाएका छन्। अनलाइनबाटै लुटपाट गर्ने योजना बनाएका ठगहरूले अब दुई घण्टाभित्र आफ्नो सिम ब्लक गरिदिने धम्की दिएर फोन गरेर तर्साउने गरेका छन्। डर एउटा यस्तो चिज हो जसले असल मान्छेलाई पनि बिना सोचाइ जे पनि गर्नसक्छ र ठगी गर्नेहरूलाई यो राम्ररी थाहा छ। खासगरी यस्तो फोन आएपछि मानिसहरु डराउँछन् र सोचबिचार नगरी ठगीबाट प्रभावित भएर गलत कदम चाल्छन्। यो गल्तीका कारण मानिसहरूको ब्यांक खाता समेत खाली हुने गरेको छ। मानिसहरूले यस्तो कल प्राप्त गरेको यो पहिलो पटक होइन, यसअघि पनि यस्ता कलहरू आएका थिए। दुरसञ्चार विभागले समय-समयमा मानिसहरूलाई यस्ता कलहरू नक्कली भएको र त्यस्ता कलहरू डीओटी (दुरसञ्चार विभाग)द्वारा नगरिएको बारे सचेत गराउँछ।
पैसा लुट्न पहिले मानिसहरूलाई फोन गरेर अर्को दुई घण्टामा तसिम बन्द हुन्छ भनिन्छ। यदि सिम सक्रिय रहन राख्नु हो भने नम्बर ९ थिच्नुपर्छ। यस्तो गल्ती गर्नु हुँदैन र ठगको कुरामा फस्नु हुन्न। यदि त्यस्तो कल प्राप्त भए कल विच्छेद गर्नुपर्छ र आफ्नो घर नजिकैको टेलिकम कम्पनीको स्टोरमा गएर आफ्नो सिमको स्थिति थाहा पाउन र सिम बन्द हुन लागेको छ कि छैन भनेर सोध्न सकिन्छ। केही दिन अघि उत्तर कोलकाताका एक पुलिस अधिकारीलाई पनि यस्तै फोन आएको थियो। सिम बन्द भएको सुनेपछि पुलिस अधिकारी आफैँ केही बेर सोचमा थिए। ठगीहरूले आफ्नो सिमकार्ड दुई घण्टामा बन्द हुने भन्दै रेकर्ड गरिएको सन्देश पठाएका थिए र यदि उनीहरूले रोक्न चाहेमा ९ नम्बर थिच्नु भनिन्छ। तर, अधिकारीले बटन थिचेनन्। त्यसपछि उनले कुन नम्बरबाट कल आएको थाहा पाए। अहिलेसम्मको अनुसन्धानमा पुलिसले उक्त कुरा पत्ता लगाउन सकेको छैन। जाँचमा अहिलेसम्म पुलिसले उक्त नम्बर कसले कहाँबाट लिएको थियो थाहा पाएको छैन। यति मात्र होइन उक्त नम्बर कुन टेलिकम कम्पनीले जारी गरेको थियो त्यो पनि थाहा पाएको छैन। पुलिसका अनुसार ठगीको यो जालमा मान्छे फसे भने ठगीसम्म पुग्न निकै मुश्किल हुन्छ।
यदि २ घण्टा भित्र सिम ब्लक गर्ने धम्की दिने कल आयो र अर्को व्यक्तिले व्यक्तिगत जानकारी सोध्यो भने आफ्नो व्यक्तिगत विवरण कुनै पनि अपरिचित व्यक्तिसँग साझा गर्नु हुँदैन। सँधै ध्यान राख्नु पर्छ, दुरसञ्चार विभाग वा आफ्नो दुरसञ्चार कम्पनीले कहिले पनि यस्तो कल गर्दैन। यदि अझै पनि यस्तै कल आयो भने यो फेक कल हो भनेर बुझ्नुपर्छ। ध्यानमा राख्नु पर्ने कुरा हो, स्थानीय पुलिस स्टेशन र साइबर क्राइम स्टेशन बाहेक आफ्नो राष्ट्रिय साइबर क्राइम पोर्टल मार्फत उजुरी दर्ता गर्नुपर्नेछ।