अलिपुरद्वार: ईदको नमाज पढेर फर्कने क्रममा पोखरीमा डुबेर दुई मजदुरको मृत्यु भएको छ। बिहारका समीम आलम र झारखण्डका इरशाद अन्सारी अलिपुरद्वारको वेलुर्दबारीमा राजमार्गमा काम गर्न आएका थिए। आज इदको नमाज पढेर फर्कने क्रममा वेलुर्दाबारी क्षेत्रमा रहेको पोखरीमा खसेर उनीहरु र अर्का एकजना दुवैजना घाइते भएका हुन्। पछि स्थानीयवासीले उनीहरुलाई उद्धार गरेर अलिपुरद्वार जिल्ला अस्पताल पुर्याए र डाक्टरले समीम र इरशादलाई मृत घोषित गरे।