११ अगस्त: टिस्टा खेलकुद समितिको तत्त्वावधानमा आयोजित ७६औं इण्डिपेण्डेन्स डे ओपन फूटबल टुर्नामेण्ट २०२२-मा बिहीवार खेलिएको सेमिफाइनलमा जीत हासिल गरी लाञ्जिंग सेभेन तारखोलाले फाइनलमा स्थान बनायो। स्थानीय टिस्टा खेल मैदान (टिस्टा बजार, कालेबुङ)-मा आज भएको पहिलो म्याचमा लाञ्जिंग सेभेन तारखोलाले टिस्टा हाई स्कूललाई ७-१-ले पिट्यो। अब शुक्रवार खेलिने दोस्रो सेमिफाइनलमा किर्ने एफसी र एसओटी टिस्टाबीच भिड़न्त हुनेछ। गत २५ जुलाईदेखि शुरु भएको यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अजय कार्कीले जनाएका छन्।









