सिलगढी: केन्द्रीय रेल मन्त्री अश्विनी वैष्णवद्वारा उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा कञ्चनजंघा एक्सप्रेस दुर्घटनामा परी घाइते भएर उपचार गरिरहेका मानिसहरूसँग भेट गरेका छन्। यस अघि रेलमन्त्री अश्विनी वैष्णवद्वारा दार्जिलिङ जिल्लाको फाँसीदेवा नजिकको रांगापानीमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको परिवारलाई १० लाख गरेर क्षतिपूर्ति दिने साथै गम्भीर घाइतेहरूलाई २ लाख ५० हजार अनि सामान्य घाइतेहरूलाई पचास हजार गरेर सहयोग राशि प्रदान गर्ने घोषणा गरेका छन्। उनले यो विपदको समयमा केन्द्र सरकार र रेल मन्त्रालय जनताको साथमा रहेको बताइएको छ। यसको साथै प्रधानमन्त्री नरेन्द्र मोदीले पीएएमएनआरएफबाट प्रत्येक मृतकका आफन्तलाई २ लाख र घाइतेहरूलाई ५०,००० रुपियाँ दिइने घोषणा गरेको जानकारी सांसद राजु विष्टले दिएका छन्।
केन्द्र सरकार र रेल मन्त्रालयले खाँचोमा परेकाहरूलाई आर्थिक सहयोग सुनिश्चित गर्ने य प्रक्रिया साँच्चै सराहनीय रहेको पनि सांसद राजु विष्टले बताएका छन्।
यस अवसरमा रेल मन्त्री अश्विनी वैष्णवले भनेका छन् कि कुनै पनि खर्च भारतीय रेलवेले सबै पीडितहरूको लागि सबैभन्दा राम्रो हेरचाह र उपचार सुनिश्चित गर्नेछ।