गान्तोक: बोर्डर रोड अर्गनाइजेसन (बीआरओ) ले चुनौतीपूर्ण परिस्थितिमा उत्तर सिक्किममा जडान पुनर्स्थापना गर्ने ठूलो कार्यलाई लिएर फेरि एकपटक आफ्नो अटल प्रतिबद्धता देखाएको छ। समर्पण र दक्षताको उल्लेखनीय प्रदर्शनमा बीआरओले मङ्गन जिल्लाका विभिन्न सडकहरूमा धेरै पैह्रो हटाउन धेरै भारी मेसिनरी र सयौं मजदुरहरू तैनाथ गरेको छ।

११ जूनदेखि परेको अविरल वर्षाले उत्तर सिक्किममा ठूलो क्षति पुर्याएको छ। भारी वर्षाले उत्तर सिक्किम जाने सडकहरूमा धेरै पैह्रो गएर भत्केको छl जसले गर्दा डिक्चु-सङ्कलाङ-तुङ, मङ्गन-सङ्कलाङ, सिङताम-राङराङ र राङराङ-तुङ, यस क्षेत्रको सम्पर्क विच्छेद भएको छ। फलस्वरूप, लगभग १२ सय देखि १५ सय पर्यटकहरू उत्तर सिक्किममा फसेका छन्। उत्तर सिक्किम र जोङ्गु क्षेत्रको प्राथमिक जडान रहेको सङ्कलाङमा नवनिर्मित झोलुङ्गे पुल भत्किएपछि स्थिति विशेष गरी गम्भीर बनेको छ।

यसलाई हल्का सवारीहरूको लागि ट्राफिक योग्य बनाउँदै द्रुत र समन्वित प्रतिक्रियामा बीआरओले साङ्कलाङ-तुङ सडकमा धेरै स्लाइडहरू खाली गरेको छ। त्यसैगरी मङ्गन–चुङ्थाङ सडकको नागादेखि लान्थाखोलासम्मको सडक सफा गरी आवतजावत योग्य बनाइएको छ। यद्यपि, परम्परागत स्लाइड पोइन्टहरू लान्थाखोला र रफाङखोलामा निरन्तर चुनौतीहरू खडा गरेको छ। यी ठाउँहरूमा जतिसक्दो चाँडो सवारीसाधन जडान पुनर्स्थापित गर्न भारी उपकरणहरू तैनाथ गरिएको छ। यसैबीच यी भत्किएका क्षेत्रहरूमा पैदल सम्पर्कका लागि जडान गर्न लग ब्रिज निर्माण गरिएको छ।

बीआरओको अथक प्रयासहरू उत्तर सिक्किममा फसेका पर्यटकहरूलाई सकेसम्म चाँडो उद्धार गर्नमा केन्द्रित रहेको छ। चुङ्थाङबाट मङ्गनमा फसेका ५० जना पर्यटकको पहिलो समूहलाई सफलतापूर्वक उद्दार गरिएको छ। स्वस्तिक परियोजनाका कर्मचारीहरूले प्रतिकूल मौसमको बाधालाई बेवास्ता गर्दै पर्यटकहरूलाई उद्धारका लागि सडक खाली गराउन राज्यका अधिकारीहरूसँग नजिकको समन्वय गरिरहेको छ। -पीआईबी