केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवद्वारा रेल दुर्घटना स्थलको निरीक्षण

IMG-20240617-WA0315.jpg

सिलगढी: दार्जिलिङ जिल्ला अन्तर्गत फाँसीदेवाको रंगपानीमा मालगाड़ीसित ठोक्किएर कञ्चनजङ्घा एक्सप्रेस दुर्घटना भएको क्षेत्रको केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णवद्वारा निरीक्षण गरिएको छ। कोलकोताको सियालदाहदेखि अलिपुरद्वारतर्फ यात्रा गरिरहेको कञ्चनजंघा एक्सप्रेस रांगापानीमा मालगाडीसित ठोक्किएर १५जना यात्रीहरू (अहिलेसम्मको अपडेटमा) को मुत्यु भएको छ भने धेरैजना घाइते बनेका छन्।

उक्त घटनाको निरीक्षण र जानकारी लिनलाई तथा दुर्घटनामा परि घाइते तथा मृत्यु भएको मानिसहरूको परिवारलाई भेट्न केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव आज दिउँसो अस्पताल साथै दुर्घटना ग्रस्त ठाउँमा पुगेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement