खरसाङ: गिध्द पहाड़ ब्याटमिन्टन एसोसिएशनको वार्षिक साधारण सभा खरसाङ बजारको एक होटलमा साङ्गे शेर्पाको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा पुरानो कमिटीलाई विघटन गरेर नयाँ कार्यकारिणी समिति गठन गरिएको छ। गिध्द पहाड़ ब्याटमिन्टन एसोसिएशनको नयाँ कार्यकारी समितिमा सभापतिको रूपमा रबि प्रधान, उप सभापति साङ्गे शेर्पा, सचिव अनुप प्रधान, सह सचिव प्रशान्त छेत्री, कोषाध्यक्ष राजीव मंग्राती, मुख्य सल्लाहकारमा रतन मुखिया, सुनिल छेत्री, निलम प्रधान, रमेश थापा, वाङ्गेल योञ्जन, भुपेन्द्र छेत्री लगायत ११ जनाको कार्यकारिणी सदस्यहरू चयन गरिएको जानकारी प्राप्त भएको छ। यस नयाँ समितिले अब चाढै सभा बोलाएर गिध्द पहाड़ ब्याटमिन्टन एसोसिएशनको भावी कार्यक्रमहरू विषयमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ।